सुनसरी-४ बाट कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की विजयी



सुनसरी ।

सुनसरी क्षेत्र नं ४ बाट नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की निर्वाचित भएका छन् ।  सञ्चारमन्त्रीसमेत रहेका कार्कीले ३० हजार ४८३ मत ल्याएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का जगदीश प्रसाद कुसियैतले ३० हजार ३७१ मत पाए ।

मन्त्री कार्की एमालेका कुसियैतसँग ११२ मतको झिनो अन्तरले विजयी भएका हुन् । गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा यस क्षेत्रको मतगणना विवादका कारण केही दिन अवरुद्ध भएको थियो । बुधबारदेखि फेरि सुरु भएको मतगणनाको बिहीबार दिउँसो अन्तिम मतपरिणाम सार्वजनिक भएको हो ।

प्रतिक्रिया दिनुहोस्