काभ्रेमा ३.७ प्रतिशत मत बदर



काभ्रे । 

काभ्रेमा खसेको मत मध्ये ३२ हजार ४ सय ५५ मत बदर भएको छ । प्रत्यक्ष र समानुपातिक तर्फका सबै मतपत्रको कुल बदर मत ३२ हजार ४ सय ४५ रहेको छ । १ लाख ८७ हजार ३ सय ३० मत खसेकोमा ३.७ प्रतिशत मत बदर भएको निर्वाचन आयोगले जानकारी दिएको छ ।

काभ्रेपलाञ्चोक जिल्लामा प्रतिनिधि सभामा २ वटा र प्रदेश सभामा ४ वटा निर्वाचन क्षेत्र छन् । कुल मतदाता ३ लाख १० हजार ६३ मतदाता मध्ये १ लाख ८७ हजार ३ सय ३० मतदाता निर्वाचनमा सहभागि भएका थिए । यो कुल मतदाताको ६०.४० प्रतिशत हो । जसमा महिला ८६ हजार ४ सय ६२ सहभागि भएका थिए भने पुरुष १ लाख ८ हजार ६८ मतदाता सहभागि भएका थिए । पुरुष भन्दा महिला मतदाता कम सहभागि भएका थिए ।

प्रतिनिधि सभा १ को प्रदेश १ मा २१ हजार २ सय ८१ पुरुष र १५ हजार ८ सय ७ महिला गरी ३७ हजार ८८ मतदाता सहभागि भएका थिए । प्रदेश सभा २ मा २४ हजार ६ सय ९१ पुरुष र २२ हजार १ सय ६० मतदाता गरी ४६ हजार ८ सय ५१ मतदाता सहभागि भएका थिए । प्रतिनिधि सभामा ८३ हजार ९ सय ३९ मतदाता सहभागि भएका थिए । प्रतिनिधि सभा १ मा कुल खसेको मतमा प्रत्यक्ष तर्फ ४ हजार ४ सय २६ मत बदर भयो भने समानुपातिक तर्फ ३ हजार ७ सय २२ मत बदर भएको छ । प्रदेश १ मा प्रत्यक्ष तर्फ १ हजार ५ सय ८४ मत बदर भएको छ भने प्रदेश २ मा प्रत्यक्ष तर्फ १ हजार ४ सय ६३ मत बदर भएको छ । प्रदेश १ र २ को समानुपातिक तर्फ ४ हजार ८ सय ७२ मत बदर भएको छ ।

प्रतिनिधि सभा २ मा समानुपातिक तर्फ ३ हजार ९ सय १३ मत बदर भयो भने प्रत्यक्ष तर्फ ३ हजार ८ सय ३७ मत बदर भयो । प्रदेश सभा १ मा प्रत्यक्ष तर्फ १ हजार ४ सय ५१ मत, प्रदेश सभा २ मा १ हजार ७ सय ५१ मत बदर भयो । प्रतिनिधि सभा २ को प्रदेश सभा १ र २ मा समानुपातिक तर्फ ५ हजार ४ सय २६ मत बदर भएको छ ।
मतदाता शिक्षा प्रभावकारी नहुँदा तथा राजनीतिक दलहरुको गठवन्धनका कारण धेरै मत बदर भएको आयोगको निश्कर्ष छ ।
२०७४ मा यस्तो थियो

२०७४ सालमा सम्पन्न निर्वाचनमा काभ्रेपलाञ्चोक जिल्लामा कुल खसेको मत मध्ये १४ हजार २ सय ८६ मत बदर भएको थियो । त्यतिबेला २ लाख ७२ हजार २ सय ९२ मतदाता मध्ये १ लाख ९२ हजार ८ सय ७० मतदाताले मतदान गरेका थिए । खसेको मत मध्ये १ लाख ८४ हजार ५ सय ७१ मत मात्रै सदर भयो ।

निर्वाचनमा ७९ हजार ४ सय २२ मतदाताले भाग नै लिएनन् । प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्वर १ मा सबै भन्दा धेरै ४ हजार २ सय मत बदर भएका थिए भने प्रतिनिधि सभा २ मा ४ हजार ९९ मत बदर भएको थियो । प्रतिनिधि सभा १ को प्रदेश १ मा १ हजार २ सय ६६, २ मा १ हजार ८ सय मत बदर भएको थियो ।

त्यस्तै प्रतिनिधि सभा २ को १ मा १ हजार ३ सय २१ र २ मा १ हजार ६ सय मत बदर भएको थियो । २०७४ मा प्रतिस्पर्धामा उत्रिएका ५८ उम्मेदवार मध्ये १३ जना उम्मेदवारले १ सय मत पनि प्राप्त गर्न सकेका थिएनन । ५८ उम्मेदवारहरु मध्ये विजेता सहित १२ उम्मेदवारहरुको बाहेक ४६ जनाको जमानत जफत भएको थियो । कुल खसेको सदर मत मध्ये १० प्रतिशत ल्याउन नसक्ने उम्मेदवारको जमानत जफत हुने कानुनी ब्यवस्था थियो ।

२०७९ मा कहाँ कति मत बदर ?

प्रतिनिधि सभा १ समानुपातिक: ३७२२
प्रतिनिधि सभा १ को प्रदेश १ र २ समानुपातिक: ४८७२
प्रतिनिधि सभा २ समानुपातिक: ३९१३
प्रतिनिधि सभा २ को प्रदेश १ र २ समानुपातिक:५४२६
प्रतिनिधि सभा १ प्रत्यक्ष: ४४२६
प्रतिनिधि सभा १ को प्रदेश १ प्रत्यक्ष: १५८४
प्रतिनिधि सभा १ को प्रदेश २ प्रत्यक्ष: १४६३
प्रतिनिधि सभा २ प्रत्यक्ष: ३८३७
प्रतिनिधि सभा २ को प्रदेश १ प्रत्यक्ष: १४५१
प्रतिनिधि सभा २ को प्रदेश २ प्रत्यक्ष: १७५१

प्रतिक्रिया दिनुहोस्