नेपाल लाइफद्वारा ५ अर्बभन्दा बढी मृत्यु दाबी भुक्तानी



काठमाडौं । 

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले असोज मसान्तसम्ममा ५ दशमलव ०३ अर्ब मृत्यु दाबी भुक्तानी गरेको छ । यो नेपालको बिमा क्षेत्रमा गरिएको सर्वाधिक मृत्यु दाबी भुक्तानी हो ।

इन्स्योरेन्सले आधुनिक प्रविधिको उच्चतम् प्रयोग गर्दै न्यूनतम समयमा मृत्यु दाबी भुक्तानी गर्ने प्रबन्ध मिलाइएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले बताउनुभयो ।प्रभावकारी तरिकाले छिटोछरितो चुस्त, दुरुस्त रूपमा मृत्यु दाबी भुक्तानी गर्न कम्पनी कटिबद्ध रहेको कुरा कम्पनीले बताएको छ । गत आर्थिक वर्षमा ९९ दशमलव शून्य ७ प्रतिशत मृत्यु दाबी भुक्तानी गर्दै नेपाल लाइफ सर्वाधिक मृत्यु दाबी भुक्तानी गर्ने जीवन बिमा कम्पनी बन्न सफल भएको हो ।

असोज मसान्तसम्ममा कम्पनीको लगानी १ खर्ब ४९ अर्ब ७६ करोड रुपियाँ रहेको छ भने जीवन बिमाकोष १ खर्ब ४२ अर्ब ९ करोड रुपियाँ र सेयरधनी कोष ११ अर्र्ब ३ करोडभन्दा बढी रहेको छ । कम्पनीमा २ लाख १२ हजार ३६२ भन्दाबढी अभिकर्ता रहेका छन् । कम्पनीले हालसम्म १ खर्ब ९७ अर्ब १८ करोड रुपियाँ बिमा शुल्क आर्जन गरेको छ । नेपालको सर्वाधिक विश्वासिलो नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले २१ वटा बिमा योजनाअन्तर्गत ३१ लाख १५ हजार ४२० बिमालेख जारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्