रामेछापमा गठबन्धन दलका उम्मेदवार विजयी



रामेछाप ।

मंसिर ४ गते भएको प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचनमा रामेछापमा गठबन्धन दलका उम्मेदवार विजयी भएका छन् । एक प्रतिनिधिसभा र दुई प्रदेशसभा रहेको रामेछापका तीन स्थानमै गठबन्धन दलका उम्मेदवार विजयी हुनु भएको छ ।

रामेछापबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका पूर्ण बहादुर तामाङ कान्छाराम विजय हुनु भएको हो । उहाँले एमाले उम्मेदवार कैलाश ढुङ्गेललाई १६ हजार ३६९ मतान्तरले पछि पादै विजय हुनु भएको हो । रामेछापमा १ लाख ८० हजार १०६ मतादाता रहेकोमा ४९.४४ प्रतिशत मात्र मतदान भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय रामेछापले जनाएको छ ।

मतदान भएको कुल मत मध्ये तामाङले ४७ हजार ९८ मत प्राप्त गर्नु भएको थियो । भने उहाँ निकटतम प्रतिद्वन्द्वी एमाले उम्मेदवार ढुङ्गेलले ३० हजार ७२९ प्राप्त गर्नु भएको थियो ।प्रदेशसभा क मा माओवादी केन्द्रका तारानारायण श्रेष्ठ विजय हुनु भएको छ । रामेछापको प्रदेश क मा ४१

हजार ७९६ मतदान भएको मध्ये १७ हजार १४८ मत श्रेष्ठ प्राप्त गर्नु भएको थियो । उहाँका निकटतम प्रतिद्वन्द्वी एमाले उम्मेदवार पौडेलले १५ हजार १५७ मत प्राप्त गर्नु भएको थियो । भने राप्रपाका उम्मेदवारले ३ हजार ४९५ मत प्राप्त गर्दा एकीकृत समाजवादीका उम्मेदवार.२ हजार ८८ मत प्राप्त भएको थियो ।

त्यसै गरी रामेछापको प्रदेश सभा ख मा पनि माओवादी केन्द्रकै युवराज चौलागाई विजयी हुनु भएको छ । माओवादी केन्द्रका पोलिटब्युरो सदस्य समेत रहनु भएका चौँलागाइ एमाले उम्मेदवार मिलन कुमार घिसिङलाई ४ हजार ७७३ मतले पछि पादै विजयी हुनु भएको हो । कुल मतदान भएको मध्ये २२ हजार ९७८ मत चौँलागाइले प्राप्त गर्दा उहाँका निकटतम प्रतिद्वन्द्वी घिसिङले १८ हजार २०७ मत प्राप्त गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्