लेवान्डोस्कीको विश्वकपमा पहिलो गोल



पोल्यान्डका स्टार फुटबलर रोबर्ट लेवान्डोस्कीले विश्वकपमा गोल गर्ने सपना पुरा गरेका छन् । लेवान्डोस्कीले साउदी अरेबियाविरुद्ध ८२ औ मिनेटमा गोल गरेका हुन् ।

बार्सिलोनाका स्ट्राइकरको यो पाँचौ विश्वकप खेलमा पहिलो गोल हो । उनको गोल र असिस्टसँगै समूह सी अन्तर्गत शनिबारको खेलमा पोल्यान्डले साउदी अरेबियालाई २–० ले हराएको छ ।

यसअघि पिटर जेलिनस्कीले ३९ औं मिनेटमा लेवान्डोस्कीको सहयोगमा गोल गरेर पोल्यान्डलाई १–० को अग्रतामा राखेका थिए । योसँगै पोल्यान्डको ४ अंक भएको छ भने साउदी अरेबियाको ३ अंक रहेको छ । पहिलो खेलमा लेवान्डोस्कीले पेनाल्टी गुमाउँदा मेक्सिकोसँग गोलरहित बराबरीमा चित्त बुझाउनु परेको थियो ।

उता पहिलो खेलमा दुई पटकको विश्व विजेता टोली अर्जेन्टिनालाई हराएर सनसनी मचाएको साउदी अरेबियाले भने दोस्रो खेलमा कुनै चमत्कार गर्न सकेन । त्यसो त, साउदी अरेबियाको लागि पहिलो हाफको इन्जुरी समयमा खेलमा फर्कने सुनौलो अवसर आएको थियो । तर, प्राप्त पेनाल्टी गोलमा परिणत गर्ने मौका साउदी अरेबियाले गुमाएको थियो ।

पोलिस गोलकिपर वोएसीच सेजेस्नीले पेनाल्टी बचाएर साउदी अरेबियालाई खेलमा फर्कने कुनै मौका दिएनन् । उनले त्यही पेनाल्टीमा दुई पटक खतरनाक प्रहार बचाएका हुन् । पहिला सलेम अल डावसारीको पेनाल्टी प्रहार उनले बचाए । बल फर्कियो र मोहम्मद अल बुराएकको खुट्टामा बल प¥यो । उनले पनि गोल गर्ने कोशिस गरे, तर उनको प्रहारलाई पनि सेजेस्नीले बचाए ।

यो हेभिवेटमा थप्ने

स्पेनका पेड्री, गाभी, डानी अल्मो, फेरान टोरेस र मार्को असेन्सियोको आक्रमक शैलीको कारण यी सबै खेलाडीमाथि नजर पर्नेछ । अर्को अनुभवी खेलाडी सर्जियो बुस्केट्स, जोर्डी अल्बा र सेजार अजपीलीक्युटाले पनि स्पेनलाई सन्तुलित बनाउनेछ । पहिलो खेलमा कोस्टारिकाविरुद्ध यो टोली निकै बलियो देखिएको छ ।

जर्मनीतिर भने लेराय साने खेल्नेमा द्वीविधा रहेको छ । जापानविरुद्ध जर्मनी १–० को अग्रतामा रहेरपनि हार बेहोर्नुपरेको थियो । यदि साने टोलीमा फर्केमा गोल गर्ने समस्या हुने छैन । यसो त टोलीले जापानविरुद्ध गोल गर्ने अवसर धेरै गुमाएको थियो । यो कमजोरी हटाएमा जर्मनीले जित हात पार्न सक्नेछ ।

प्रतिक्रिया दिनुहोस्