साइबर अपराध नियन्त्रणमा कानुनको आवश्यकता



कम्प्युटर प्रविधिको पनि सकारात्मक र नकारात्मक पक्षहरु छन् । एकातिर कम्प्युटर प्रविधिले हाम्रो दैनिक जीवनलाई निकै सरल र सुगम बनाइदिएको छ भने अर्कोतिर यसको दुरुपयोगबाट यस्ता केही नकारात्मक पक्षहरु पनि आउने गरेका छन्, जसले व्यक्ति एवम् समाजको गरिमा, सार्वजनिक सम्पत्ति एवम् सिंगो राष्ट्रको गतिविधिमा समेत प्रतिकूल असर पु-याउन सक्छ ।
कम्प्युटर प्रविधिको दुरुपयोगबाट निस्कने यस्ता नकारात्मक पक्षलाई कम्प्युटर क्राइम अथवा साइबर क्राइम पनि भन्ने गरिन्छ । विश्वमा कम्प्युटर प्रयोजनको बढ्दो लोकप्रियतासँगै यसको दुरुपयोगका कारण कम्प्युटर अपराधसम्बन्धी कार्यहरु पनि बढ्दै गएका छन् ।

यसै परिप्रेक्ष्यमा कतिपय मुलुकहरुले साइबर लको निर्माण गरी लागूसमेत गरिसकेका छन् । यो ऐन लागू भएपछि विद्युतीय रुपमा कम्प्युटरमा राखिने अभिलेख र डिजिटल हस्ताक्षरलाई कानुनी मान्यता प्रदान गरी कम्प्युटरबाट समेत कानुनीरुपमा सम्पूर्ण सरकारी एवम् गैरसरकारी संघसंस्था र निकायका काम–कारबाही हुनसक्छ ।

त्यस्तै यस ऐनअन्तर्गत कम्प्युटरमा राखिने अभिलेख र डिजिटल हस्ताक्षरको सम्पूर्ण कानुनी आधारहरु स्पष्ट गर्नुका साथै कानुन विपरीत काम गर्नेलाई कसुरबमोजिमको सजायको समेत व्यवस्था गरिएको हुन्छ ।

जसअनुसार विद्युतीय रुपमा राखिएको सूचनामाथि क्षति पु-याउने वा इमेल–इन्टरनेटमार्फत प्राप्त सुविधाको दुरुपयोग गर्दै गलत सूचना प्रवाह गरी धम्की दिने वा आतंक मच्चाउने व्यक्ति वा संस्थालाई सजाय गर्न सकिनेबारे स्पष्टरुपमा कानुनी व्यवस्था गरिएको हुन्छ । अहिले नेपाललगायत सबै मुलुकमा साइबर कानुनको निर्माण र परिपालनामा कडाइ हुनु जरुरी छ ।

– सुमन दाहाल, विराटनगर ।

प्रतिक्रिया दिनुहोस्