घरको तीन तलामाथिबाट खसेर एक जनाको मृत्यु



रुपन्देही । रुपन्देहीमा निर्माणाधिन घरको तीन तलामाथिबाट खसेर एक जनाको मृत्यु भएको छ । हिजो (बिहीबार) दिउँसो तीन तलामाथिबाट खसेर गम्भीर घाइते भएका उनको उपचारको क्रममा मृत्यु भएको हो ।

आज (शुक्रबार) नेपाल प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयले दिएको जानकारी अनुसार जिल्लाको तिलोत्तमा नगरपालिका–१ ड्राईभरटोलस्थित निर्माणाधिन घरको तीन तलामाथिबाट खसेर उनी गम्भीर घाइते भएका थिए । घाइते उनको क्रिमसन अस्पताल मणिग्राममा उपचारको क्रममा मृत्यु भएको हो ।

मृत्यु हुनेमा दाङ लमही नगरपालिका–३ मोतीपुर बस्ने २८ वर्षीय जगीराम चौधरी रहेको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्