रामेछाप प्रदेशसभा ‘क’ मा माओवादी केन्द्रका तारानारायण श्रेष्ठ विजयी



रामेछाप ।

रामेछापको प्रदेशसभा क मा माओवादी केन्द्रका उम्मेदवार तारानारायण श्रेष्ठ विजय हुनु भएको छ । श्रेष्ठले एमाले उम्मेदवार शान्ति प्रसाद पौडेललाई १९ सय ९१ मतले पछि पादै विजय हुनु भएको हो ।

मङ्सिर ४ गते भएको प्रदेश तथा प्रतिनिधि सभामा रामेछापको प्रदेश क मा ४१ हजार ७९६ मतदान भएको मध्ये १७ हजार १४८ मत श्रेष्ठ प्राप्त गनु भएको थियो । उहाँका निकटतम प्रतिद्वन्द्वी एमाले उम्मेदवार पौडेलले १५ हजार १५७ मत प्राप्त गनु भएको थियो । भने राप्रपाका उम्मेदवारले ३ हजार ४९५ मत प्राप्त गर्दा एकीकृत समाजवादीका उम्मेदवार.२ हजार ८८ मत प्राप्त भएको थियो । मतदान भएका मध्ये १७ सय ५२ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय रामेछापले जनाएको छ ।

नवनिर्वाचित बागमती प्रदेशसभाका सदस्य तारानारायण श्रेष्ठ संविधानसभा सदस्यमा समेत निर्वाचित हुन भएको थियो । उहाँ २०७४ सालको स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रको तर्फबाट मन्थली नगरपालिकाको नगर प्रमुखको उम्मेदवार बन्नु भएको थियो । उहाँ सो निर्वाचनमा तेस्रो स्थानमा रहनु भएको थियो । श्रेष्ठ माओवादी केन्द्र रामेछापको सचिव समेत हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्