रौतहटको २ मा स्वतन्त्र उम्मेदवार किरण साह विजयी



रौतहट ।

रौतहटको प्रतिनिधिसभा अन्तर्गत सबै क्षेत्रको मत परिणाम सार्वजनिक भएको छ । पछिल्लो विवरण अनुसार रौतहटको क्षेत्र नम्बर २ मा स्वतन्त्र उम्मेदवार किरण साह विजयी हुनु भएको छ।

नेकपा एमालेबाट बिद्रोह गरी स्वतन्त्र उम्मेदवारी दिएका साहले ४५९४ फराकिलो मतान्तरले विजयी हुनु भएको हो ।उहाँले ३२,८४२ मत प्राप्त गर्नु भएको छ। उहाँका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका फिरदोस आलमले २८,२४८ मत प्राप्त गर्नु भएको छ। संसदिय राजनीतिमा फिरदोसको पहिलो अनुभब हो ।

पुर्व मंन्त्रि मोहम्मद आफताब आलमको छोरा फिरदोस प्रहरी निरीक्षकको जागिर छाडेर राजनितिमा प्रबेश गरेका हुन । बिजयी साह भने कहिले मधेशबादी त कहिले नेकपा एमाले हुदै यो पटकको प्रतिनिधि सभामा स्वतन्त्र उम्मेदवारी दिएका हुन। रौतहटको ४ वटै निर्वाचन क्षेत्रको मतगणना सम्पन्न भैसकेको छ ।

प्रतिक्रिया दिनुहोस्