अध्यक्ष प्रचण्डले डिल्लीबजार कारगारमै गएर भेटे रेशम चौधरीलाई



काठमाडौं ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले डिल्लीबजार कारगारमा रहेका रेशम चौधरीसँग भेटवार्ता गरेका छन् ।
प्रचण्ड चौधरीलाई भेट्न बिहीबार साँझ डिल्लीबजार कारगार पुगेका हुन् ।

कारगारमा प्रचण्डले चौधरीसँग ३० मिनेटजति संवाद गरेको बताइएको छ। भेटमा उनले सरकारलगायत अन्य विषयमा सहकार्य गर्न चौधरीलाई प्रस्ताव गरेको बताइएको छ ।

सुदूरपश्चिमबाट निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीको उदय भएको छ।

 

प्रतिक्रिया दिनुहोस्