डा.शशांककाे चाैंथाे विजय, प्रधानमन्त्रीकाे दाबी यथावत



???????? (??????? ?????? ?????) ???????? ??????? ?? ? ??? ????????? ????? ????????? ??.????? ??????? ??????? ?????? ?????????? ?????? ? ??????? ???????????? ?????, ????

नवलपरासी।

कांग्रेस नेता एवं केन्द्रीय सदस्य डा.शशांक काेइराला प्रतिनिधि सभाका लागि चाैथाे पटक विजयी हुनु भएकाे छ । डा.काेइराला नेकपा एमाले केन्द्रीय सदस्य कृष्ण प्रसाद पाैडेलसंग २ हजार २० मतकाे अन्तरमा विजयी हुनु भएकाे छ ।

निर्वाचन कार्यालय क्षेत्र नम्बर १ ले सार्वजनिक गरेकाे अन्तिम मत परिणाम अनुसार डा. काेईरालाले २७ हजार ६७ मत प्राप्त गर्नु भएकाे छ । उहाँका निकतम प्रतिस्पर्धी एमाले उम्मेदवार पाैडेलले २७ हजार ६७ मत ल्याउनु भएकाे छ ।

विजयसँगै काेइरालाले आफू पनि प्रधानमन्त्री पदकाे दाबेदार रहेकाे कुरा दाेहाेराउनु भएकाे छ । समय परिवर्तनसंगै कांग्रेस परिमार्जन हुनु पर्ने डा.काेइरालाले बताउनु भयाे ।

निर्वाचनमा प्रदेश तर्फ क्षेत्र नं. १ काे (क) मा नेपाली कांग्रेसका जिल्ला सभापति महेन्द्रध्वज जिसी (ख) मा नेकपा एमाले गण्डकी प्रदेश सचिवालय सदस्य राेशन बहादुर गाहा बिजयी हुनु भएकाे छ ।

जिसीलाई १५ हजार १ सय ३७ र गाहालाई १७ हजार ८ सय २३ मत प्राप्त भएकाे थियाे ।

यसैगरि क्षेत्र नं २ काे प्रदेश (क) र (ख)मा एमालेका उम्मेदवारहरू बिजयी हुनु भएकाे छ ।

जसमा प्रदेश क मा पद्मा जिसी श्रेष्ठले १९ हजार ३ सय ३७ तथा लक्ष्मण पाण्डेले १८ हजार ८ सय ६ मत प्राप्त गर्नु भएको छ ।
क्षेत्र नं.२ काे संघ तर्फकाे मतगणना पनि सकिएको छ ।
जसमा कांग्रेसका बिष्णु कुमार कार्की बिजयी भएकाछन् । कार्कीले ३६ हजार १ सय ४ मत ल्याएर बिजयी भएका हुन । उनका निकटम प्रतिस्पर्धाी एमालेका तिल बहादुर महतले ३४ हजार ८३ मत प्राप्त गर्नु भएकाे छ ।

प्रतिक्रिया दिनुहोस्