नवलपरासी पूर्व १ मा शशांक कोइराला विजयी



नवलपरासी।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वी नवलपरासी क्षेत्र नं. १ उम्मेदवार डा.शशांक काेइराला प्रतिनिधि सभाका लागि विजयी हुनु भएकाे छ ।
डा.काेईराला नेकपा एमाले केन्द्रीय सदस्य कृष्ण प्रसाद पाैडेलसंग २ हजार २० मतकाे अन्तरमा विजयी हुनु भएकाे छ ।

निर्वाचन कार्यालय क्षेत्र नम्बर १ ले सार्वजनिक गरेकाे अन्तिम मत परिणाम अनुसार डा. काेईरालाले २७ हजार ६७ मत प्राप्त गर्नु भएकाे छ ।
एमाले उम्मेदवार पाैडेलले २७ हजार ६७ मत ल्याउनु भएकाे छ ।

प्रदेश तर्फ क्षेत्र नं. १ काे क मा नेपाली कांग्रेसका जिल्ला सभापति महेन्द्रध्वज जिसी, ख मा नेकपा एमाले गण्डकी प्रदेश सचिवालय सदस्य राेशन बहादुर गाहा विजयी हुनु भएकाे छ ।

जिसीलाई १५ हजार १ सय ३७ र गाहालाई १७ हजार ८ सय २३ मत प्राप्त भएकाे थियाे ।

यसै गरी क्षेत्र नं २ काे प्रदेश क र ख मा एमालेका उम्मेदवारहरू विजयी हुनु भएकाे छ । जसमा प्रदेश क मा एमाले उम्मेदवार पद्मा जिसी श्रेष्ठले १९ हजार ३ सय ३७ तथा लक्ष्मण पाण्डेले १८ हजार ८ सय ६ मत ल्याई विजयी हुनु भएकाे हाे ।

क्षेत्र नं.२ काे संघ तर्फकाे मतगणना जारीरहेकाे निर्वाचन कार्यालयले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्