अर्जेन्टिना पहिलो खेलमै पराजित



काठमाडौँ।

उपाधि दावेदार मानिएको अर्जेन्टिना पहिलो खेलमै पराजित भएको छ ।

मंगलबार भएको खेलमा साउदी अरेबियासँग २-१ गोल अन्तरले पराजित हुँदै अर्जेन्टिनाले हारबाट विश्वकपको सुरुआत गरेको हो ।

खेलमा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले १० औं मिनेटमा पेनाल्टीबाट गोल गर्दै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाएका थिए । तर, ४८ औं मिनेटमा सालेह अल सेहरीले सुन्दर फिनिस गर्दै खेल साउदीलाइ बराबरीमा ल्याए । ५३ औं मिनेटमा सलिम अल्दावसरीले उत्कृष्ट गोल गर्दै साउदीलाई २-१ को जित दिलाए ।

यससँगै समूह सी मा साउदी अरेबियाले ३ अंक जोडेको छ । यसै समूहको अर्को खेलमा आज पोल्यान्ड र मेक्सिको भिड्दैछन् ।

 

प्रतिक्रिया दिनुहोस्