झडपमा कुटपिट गर्दा अनेरास्ववियु केन्द्रीय सदस्य अयडीको मृत्यु 



बाजुरा । 

बाजुराको त्रिवेणी नगरपालिका ७ बस्ने अनेरास्ववियुका केन्द्रीय सदस्य चेतन अयडी दोहोरो झडपमा परी कुटपिटबाट मृत्यु भएको छ । निर्घात कुटपिट भएका अयडिको सोमबार बिहान बयलपाटा अस्पतालमा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय बाजुराले एक विज्ञेप्ती जारी गर्दै जानकारी गराएको हो ।

जिल्ला प्रशासन कार्यालय बाजुराले सोमबार अप्रान्ह जारी गरेको विज्ञेप्ती अनुसार त्रिवेणी नगरपालिकाको वडा नं ७ स्थित नाटेश्वरी आधारभूत विद्यालयमा आइतबार बिहान सात बजे देखि शान्तिपूर्ण मतदान भएको थियो। १०.४५ बजे देखि  नेपाली काँग्रेस र नेकपा एमालेका कार्यकर्ताबिच झडप हुँदा मतदान स्थलमा ढुंगामुढा प्रहार भएको थियो।

झडपमा सुरक्षाकर्मीको हतियार समेत खोसाखोस भएको थियो। मतपेटिकामा आक्रमण हुँदा स्थिति नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गर्दा गोली लागी अन्दाजी २५ वर्षका सञ्जीव अयडीको मृत्यु भएको हो ।

त्यसै गरी  त्रिवेणी नगरपालिका वडा नं ७ का गगन अयडीका छोरा चेतन अयडी मतदान गरी फर्किने क्रममा भिड जम्मा भई कुटपिट गरी घाइते बनाएको र उपचारका लागि उनलाई न्याय हेल्थ अस्पताल बयालपाटा अछाम लगेको बताइएको छ । अस्पतालमा चेकजाँच गर्दा मृत घोषणा गरेको जिल्ला प्रशासन कायाृलय बाजुराले प्रकाशित गरेको विज्ञेप्तीमा उल्लेख छ ।

त्यसै गरी त्रिवेणी नगरपालिका वडा न. ७का परशुराम उपाध्याय , ३६ वर्षे खडकबहादुर अयडी ४८ वर्षीय सोही वडाका पूर्व वडाअध्यक्ष प्रमबहादुर थापा घाइते भइ हेलिकोप्टरबाट थप उपचारका लागि सुर्खे पठाएको  बताइएको छ।

सोही घटनामा परी टेकवाहादुर सिंह र  प्र.स.ह. कृष्ण कुंवर पनि घाइते हुँदा हेलिकप्टरबाट उद्धार गरी नेपालगञ्ज लगि उपचार भईरहेको प्रशासनले जानकारी गराएको छ ।

उक्त घटना सामान्यीकरण गर्न थप सुरक्षा फौज परिचालन गरिएको र हाल अवस्था सामान्य रहेको विज्ञेप्तीमा उल्लेख छ । मृतक द्वयको शव जिल्ला अस्पताल बाजुरा ल्याउने प्रयास जारी  रहेको प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले बाताउनु भयो । आजै जिल्लामा सर्वदलीय बैठक आयोजना गरेको विविध कारणले बसाउन नसकेको पनि प्रजिअ अधिकारीले जानकारी दिनुभयो । सामुदायिक सद्भाव कायाम राखी शान्ति सुवेवास्था कायम राख्न आवश्यक सहयोग गरिदिन समेत जिल्ला प्रशासन कार्यालय बाजुराले अपिल गरेको छ ।

मृतक चेतन अकडीका बुवा गगन अयडीले भने घरमा सुतिरहेको अवस्थामा हुल जत्था आएर  लखेटर मारेको आरोप लगाउनुभएको छ। उता मृतक सञ्जीव अयडी लाई गोलिहानी हत्या गरेको झडपमा घाइते भएकाहरुलाई उचित माग सम्बोधन नहुंदा सम्म लास उठाउन नदिने बताएकाछन् ।

राजनीति अभिष्ट दुराचारका कारण त्रिवेणी नगरपालकाका एकै गाउँका दुई होनोहार युवाले ज्यान गुमाउदा बाजुरा शोकाकुल छ ।  अनेरास्ववियुका केन्द्रीय सदस्य अयडीको मृत्युको विष्यमा नेकपा एमाले जिल्ला कमिटी बाजुराले विज्ञप्ति जारी गर्दै काँग्रेस कार्यकर्ताले कुटी मारेको आरोप लगाउदै दोषीलार्य तत्काल कार्वाही गर्न विज्ञेप्तीमा उल्लेख छ ।

आजै सोही विषयलाई लिएर अनेरास्ववियुका कार्यकर्ताले बजार बन्द गराएका छन् भने नेपाली काँग्रेस बडीमालिका नगरकार्यसमिति सभापति गोपाल कार्कीको मार्तडीबजारमा रहेको  घर तोडफाड गरेका छन् । बजार तनावग्रस्त भएपछि  संयुक्त सुरक्षा फौज परिचालन गरेको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र बहादुर विष्टले बताउनुभएको छ। स्थानीय प्रहरी प्रशासन र सेना परिचालन गरेको छ। सोमवार साँझ सदरमुकामको स्थिति सामान्य रहेको छ ।

प्रतिक्रिया दिनुहोस्