आउटरिच ‘साउथ एसिया इन्डिपेन्डेन्ट एजेन्सी अफ द इयरको फाइनलमा



काठमाडौं ।

विज्ञापन सेवाप्रदायक नेपाली कम्पनी आउटरिच ‘साउथ एसिया इन्डिपेन्डेन्ट एजेन्सी अफ द इयर २०२२’को फाइनलमा प्रवेश गरेको छ ।

आउटरिच, नेपालबाट छानिएको एक मात्र एजेन्सी हो, जसले क्याम्पियन एसिया प्यासिफिकको एजेन्सी अफ द इयर २०२२’ अवार्डको अन्तिम चरणमा स्थान बनाउन सफल भएको छ ।

आउटरिच साउथ एसिया इन्डिपेन्डेन्ट एजेन्सी अफ द इयरको समूहमा रहेको छ । आउटरिचबाहेक यस समूहको अन्तिम चरणमा भारतका ३ वटा एजेन्सी र पाकिस्तानको १ एजेन्सी पनि रहेका छन् । अन्तिम चरणको विजेताको घोषणा यस क्षेत्रका मार्केटिङ र एड्भर्टाइजिङ प्रोफेसनलहरूको उपस्थितिबीच ३० नोभेम्बर, २०२२ मा भारतको आईटीसी मराठा, मुम्बईमा गरिनेछ ।

सन् १९९० को सुरुवातदेखि नै एजेन्सी अफ द एयर अवार्ड प्रेरणादायी नेतृत्व, व्यवस्थापकीय उत्कृष्टता र विज्ञापन तथा ब्रान्ड सञ्चारका समग्र उपलब्धिहरूलाई स्थापित गर्न अग्रसर छन् । पीडब्लूसीद्वारा तालिकाबद्ध परिणामहरूका साथ समग्र स्तरमा यो एउटा एजेन्सीको उत्कृष्टतालाई सम्मान गर्ने कार्यक्रम हो ।

आउटरिचले सोही समूहको लागि सन् २०१६ मा साउथ एसिया इन्डिपेन्डेट एजेन्सी अफ द इयरको काँस्यपदक हात पार्न सफल भएको थियो । त्यस्तै, सन् २०१५, २०१६ र २०१७ मा अन्तिम चरणमा स्थान बनाएकोे थियो ।

प्रतिक्रिया दिनुहोस्