रिजा मिस ललितपुर



आरबी क्राउन एन्ड मेनेजमेन्ट प्रालिको आयोजनामा सम्पन्न मिस ललितपुर २०७९ को उपाधि रिजा शाक्यले जितेकी छन्।
प्रतियोगितामा एन्जिला महर्जन द्वितीय, अनु लामा तृतीय र निराशा खाती चतुर्थ भएका छन्।

प्रतियोगिताको निर्णायकमा कलाकार तथा सञ्चारकर्मी सुरजवीर बज्राचार्य, शिक्षा क्षेत्रका ज्योति थापा र फिल्म निर्देशक राजेशमान सिंह रहेका थिए। कार्यक्रम मिस लिटिल नेवाः फस्ट रनर्सअप लुस्वां मानन्धरले सञ्चालन गरेकी थिइन्।

मधुमेहबारे चेतना: विश्व मधुमेह दिवसको अवसरमा लायन्स क्लब अन्तर्राष्टिझय डिस्टिझक ३२५ एलएमडी ३२५ नेपालले आयोजना गरेको मधुमेहबारे जनचेतना ड्डयालीमा सहभागी हुने क्रममा मिस नेवाः नेपाल ११४१ कृषा महर्जन र मिस नेवाः नेपाल ११४२ सलिना महर्जन

(बीचमा) । डिस्टिझक गभर्नर लायन मणिरत्न बज्राचार्य, द्वितीय भाइस गभर्नर लायन सुमन भट्ट , डिस्टिझक सचिव लायन सुरेन्द्र शाक्य, पीआरओ इन चिफ लायन मनकृष्ण श्रेष्ठलगायत डिस्टिझकका सिनियर लायन लिडरका साथै काठमाडौंमा रहेका अधिकांश लायन्स क्लबका सदस्य सामेल -यालीको संयोजन लायन रेश्मा श्रेष्ठले गरेकी थिइन् । तस्वीर: रंगराज आचार्य

प्रतिक्रिया दिनुहोस्