डेसान सामाजिक महामारीको कथामा



आगामी मंसिर २३ गते रिलिज हुने फिल्म डेसानको टिजर सार्वजनिक गरिएको छ। हालै राजधानीमा पत्रकार भेटघाट कार्यक्रम गरी ल्याइएको सामाजिक महामारीको कथामा निर्माण गरिएको फिल्मको टिजरमा पारिवारिक सम्बन्ध, प्रेममा हुने असमझदारी तथा सामाजिक न्यायको विषयलाई प्रस्तुत गरिएको छ।

कमल एक्चे मगरद्वारा निर्देशित फिल्ममा भोला सापकोटा, नम्रता सापकोटा, निशान चौहान, पुनम थापा, कविता आले, आरुषजंग सारु, मलिका बस्नेत, प्रमिशा सारुमगरलगायतले अभिनय गरको छन्। सार्वजनिक टिजरमा फिल्मका सबै प्रमुख कलाकारलाई समेटिएको छ। निर्देशक कमलले डेसान कोरोना महामारी त्रासदी कालमा निकै सकसका साथ छायांकन गरिएको स्मरण सुनाए।

उनले कोरोनाका कारण सबैतिर अन्योलको वातावरण छाएको समयमा आफूहरूले जोखिम मोलेर सुटिङ गरेको बताए। अभिनेत्री नम्रताले सापकोटाले कोरोना कालमा सुटिङ गर्दा कतिपय ठाउँमा असहयोग र असहजता भए तापनि अहिले फिल्म प्रदर्शन हुन लाग्दा भने त्यतिबेलाको दु:ख पीडा बिर्सिएको बताइन्। अभिनेता भोला सापकोटाले पनि कोरोना संक्रमणको त्रासले डेसानको सुटिङका क्रममा दु:ख खेप्नुपरेको स्मरण गर्दै त्यो दु :खले फिल्म राम्रो बनेकोमा खुशी व्यक्त गरे।

निर्देशक मगरले सुटिध्रमा दु:ख पाए पनि अहिले फिल्म हेर्दा सबै पीडा भुलेको बताए। ञदर्शकको लागि कारोनाको समयमा पनि निकै दु:ख र कष्ट भोगरे फिल्म बनाएका छौँ दु:ख गरेअनुसार फिल्मले पूर्ण मनोरञ्जनका साथै समाजिक सन्देश पनि प्रवाह गरेको छ।

पर्फमिङ आर्ट क्रिएसनको ब्यानरमा कृशाला मगर कार्यकारी निर्माता रहेको फिल्ममा कथा राजु काउचा तथा पटकथा र संवाद निर्देशक मगरकै शब्द रचना राजु थापा, स्वर प्रताप दास र प्रविशा अधिकारी, संगीत हरि लम्साल, कोरियोग्राफी अजय स्याध्रतान, छायांकन चक्रबहादुर महर्जन र सम्पादन मिलन श्रेष्ठको रहेको छ। फिल्मको वितरण एफडी, जीजीए ग्रुप र रिच इन्टरटेन्मेन्टले गर्दै छ।

प्रतिक्रिया दिनुहोस्