नविल बैंकमा आगलागी



काठमाडौं ।

बाँकेको कोहलपुरमा रहेको नविल बैंकको शाखामा आगलागी भएको छ । बुधवार बिहान ५ बजे नविल बैंकको शाखामा आगलागी भएको हो ।  विद्युत सर्ट भएर आगलागी हुँदा बैंकमा रहेको कागजपत्रहरु जलेर नष्ट भएको प्रहरीले जानकारी दिएकाे छ  ।

प्रहरीका अुसार आगलागीबाट भौतिक सामाग्री सबै जलेको छ अहिले आगो नियन्त्रणमा आइसकेको छ । आगो नियन्त्रणका लागि नेपालगंजबाट दमकल बोलाइएको थियो । क्षतिको विवरण संकलन भइरहेको प्रहरीले जनाएकाे छ । कोहलपुर साझा चोकमा रहेको सो घरको माथिल्लो तलामा नबिल बैंकको शाखा रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्