नेपालीले ३ महिनामा ५५ करोडको साडी किने



काठमाडौं । 

चालू आर्थिक वर्षको पहिलो तीन महिना विभिन्न देशबाट ५५ करोड रुपियाँभन्दा बढीको सारी, लुङ्गी र धोती आयात गरेको छ । साउन, भदौ र असोज महिनामा नेपालले उक्त मूल्य बराबरको सारी, लुङ्गी र धोती आयात गरेको हो ।

भन्सार विभागका अनुसार सो अवधिमा नेपालले कुल ५५ करोड ३ लाख ९९ हजार रुपियाँको सारी, लुङ्गी र धोती आयात गरेको छ । सो मूल्यमा १३ लाख ७६ हजार ५२० थान सारी, लुङ्गी र धोती नेपाल भित्रिएको विभागले जनाएको छ । चीन, भारत, इन्डोनेसिया, थाइल्यान्ड, अस्ट्रेलिया र बंगलादेशबाट नेपालमा सारी, लुङ्गी र धोती आउने गरेको छ ।

नेपालमा सबैभन्दा ठूलो मात्रामा सारी, लुङ्गी र धोती भारतबाट आउने गरेको छ । पछिल्लो तीन महिनामा मात्र भारतबाट ५२ करोड ६० लाख २२ हजार रुपियाँको सारी, लुङ्गी र धोती नेपालमा भित्रिएको छ । अघिल्लो आर्थिक वर्ष २०७८-७९ को पहिलो तीन महिनामा नेपालले विभिन्न देशबाट १ अर्ब २७ करोड ३५ लाख १ हजार रुपियाँको सारी, लुङ्गी र धोती आयात गरेको थियो ।

सोही अवधिमा नपालले ८६ अर्ब ४१ करोड रुपियाँअन्तर्राष्ट्रिय आर्थिक सहायता प्रतिबद्धता प्राप्त गरेको छ ।अर्थ मन्त्रालयका अनुसार सो अवधिमा अनुदानतर्फ ६ अर्ब ७१ करोड रुपियाँ र ऋण सहायतातर्फ ७९ अर्ब ७० करोड रुपियाँ अन्तर्राष्ट्रिय आर्थिक सहायता प्रतिबद्धता नेपालले प्राप्त गरेको छ ।

शिक्षा, खानेपानी तथा सरसफाई, वातावरण, सडक, सूचना सञ्चार प्रविधि, सिँचाइ, ऊर्जा, रोजगारीलगायतका क्षेत्रमा नेपालले अन्तर्राष्ट्रिय आर्थिक सहायता प्रतिबद्धता प्राप्त गरेको अर्थले जनाएको छ । पछिल्लो तीन महिनामा नेपाललाई आर्थिक सहायता दिने प्रतिबद्धता गर्नेमा जापान, युरोपेली युनियन, स्वीट्जरल्यान्ड, विश्व बैंक र दक्षिण कोरिया प्रमुख रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्