बुद्ध एयरले पोखराबाट भारतका ३ शहरमा उडान भर्ने



काठमाडौं ।

निजी क्षेत्रको वायुसेवा कम्पनी बुद्ध एयरले पोखरास्थित क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतका तीन गन्तव्यमा उडान शुरू गर्ने भएको छ । बुद्ध एयरले पोखराबाट भारतको बनारस, दिल्ली र देहरादुनमा उडान गर्न लागिएको हो ।

सन् २०२३ को जनवरीदेखि सञ्चालनमा आउने भनिएको पोखरास्थित क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने पहिलो उडानका रूपमा बुद्ध एयरले पोखरा–बनारस–पोखरा उडान गर्नेछ ।

पोखरा–बनारस–पोखराको उडान सातामा तीन दिन आइतबार, मंगलबार र बिहीबार हुने कम्पनीको भनाइ छ । एयर ट्राफिक रुटका लागि सरकारले भारत सरकारसमक्ष पहल गरिरहेको भन्दै भारत सरकारबाट रुट र स्लट प्राप्त भएपछि पोखरा–दिल्ली–पोखरा रुटमा दैनिक दुई उडान गरिने कम्पनीको भनाइ छ । कम्पनीले पोखरा–देहरादुन–पोखरा रुटमा सातामा तीन वडा उडान गर्ने जानकारी दिएको छ । हाल बुद्ध एयरले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतको बनारसमा उडान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्