नेपाली तरकारी र फलफूल दुबई निर्यात गर्ने सहमति



काठमाडौं । 

नेपाल यूएई उद्योग वाणिज्य संघको प्रतिनिधिमण्डलले हालै दुबईमा विभिन्न कार्यक्रम गरी नेपालमा लगानी र पर्यटन प्रवद्र्धनका लागि समकक्षी व्यवसायीहरूसँग आग्रह गरेको छ ।

संघका अध्यक्ष पवनकुमार अग्रवालको नेतृत्वमा गएको १३ सदस्यीय टोलीले दुबई चेम्बर, ¥याक चेम्बर, नेपाली दूतावास दुबई तथा फेडरेसन अफ दुबई चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीसँग छलफल तथा अन्तरक्रिया गर्दै व्यापार र पर्यटन अभिवृद्धिका लागि पहल गरेको हो ।नेपाल यूएई उद्योग वाणिज्य संघ गठन भएपछिको पहिलो दुबई भ्रमण ऐतिहासिक रूपमा सफल भएको र यसले द्विपक्षीय सम्बन्ध विस्तार तथा नेपालको आर्थिक विकासमा सकारात्मक परिणाम ल्याउने संघका अध्यक्ष पवनकुमार अग्रवालले बताउनुभएको छ ।

आफूहरूको उद्देश्य द्विपक्षीय व्यापार सम्बन्धलाई प्रवद्र्धन गर्नु र यूएईमा नेपाली व्यापार तथा पर्यटन प्रवद्र्धनका अवसरहरूको खोजी गर्नुका साथै नेपालमा यूएईको लगानी आकर्षित गर्नु रहेकोमा सफल भएको उहाँको भनाइ छ ।‘हामीले नेपालमा व्यापारका अवसरहरूका बारेमा त्यहाँका व्यवसायीलाई जानकारी गरायौं, उहाँहरू सकारात्मक देखिनुभएको छ,’ उहाँले भन्नुभयो – ‘नेपालमा कुनै पनि व्यापारिक लगानीका लागि सहयोगी संस्थाको रूपमा हाम्रो संघ तयार छ भनेर जानकारी दिएका छौं र यसले दुबईको लगानी यहाँ ल्याउन सहयोग पुग्नेछ ।’

संघले दुबई चेम्बर्समा उमर अब्दुल्लालिज अल खान नेतृत्वको टोलीसँग फलदायी भेट भएको जनाएको छ । उमरले नेपालसँग गरेको यो पहिलो व्यापारिक प्रतिनिधिमण्डलको भेट भएको र यो पहिलो बैठक भए पनि दुबई चेम्बरले अन्य सरकारी संस्थासँग जोड्न र यूएईमा रहेका नेपाली कामदारको सीप विकासमा सहयोग गर्ने प्रतिबद्धता जनाए ।सो भेटघाटमा यूएईमा फलफूल तथा तरकारी निर्यात गर्ने सम्बन्धमा नियमावलीमा स्पष्टता दिन सहयोग गर्ने, जसले व्यापार बढाउने सहमति गरेको छ । भ्रमणका क्रममो संघले आरएके चेम्बरसँग विस्तृत व्यापारिक छलफल गरेको छ । जुन रास अल खैमाह र नेपालबीचको व्यापारिक सम्बन्ध बढाउने उद्देश्यका साथ समझदारी पत्रमा हस्ताक्षर भएको थियो ।

आरएके चेम्बरले नेपाललाई मार्चमा हुने प्रदर्शनीमा नेपाली व्यवसायीलाई स्टल उपलब्ध गराउने भएको छ । उनीहरूले ¥याक र नेपालबीच व्यावसायिक उडान पुनः शुरू गर्न इच्छुक रहेको र कृषि अवसरमा निकै चासो देखाएका छन् । संघको प्रतिनिधिमण्डलले यूएईस्थित नेपाली दूतावासबीचको घनिष्ठ सहकार्यबाट नेपाल र यूएईबीचको व्यापार र व्यापार कसरी बढाउन सकिन्छ भन्ने विषयमा छलफल गरेको छ ।

नेपाल यूएई चेम्बरले दुबईस्थित नेपाली राजदूतलाई नेपाल र यूएईबीचको व्यापारिक सम्बन्ध बढाउन जिम्मेवार दूतावासमा समर्पित व्यक्ति उपलब्ध गराउन अनुरोध गरेको छ । दूतावासले हामीलाई उनीहरूको पूर्ण सहयोगको आश्वासन दिएको छ र छिट्टै यूएईमा आधारित व्यवसायहरू र हाम्रा सदस्यहरूबीच अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने जनाएको छ ।संघले फेडरेसन अफ यूएई चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीजसँग पनि छलफल गरेको थियो । फेडरेसनका महासचिव हमिद बीन सलेम र इकोनोमिक डेभलपमेन्ट निर्देशक अहमद जमाह अल गाइजीसँग भएको भेटमा दुवै देशहरूबीचको व्यापारिक सम्बन्ध बढाउनमा धेरै फलदायी छलफल भएको संघ अध्यक्ष अग्रवालले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्