खड्गी इन्स्टिच्युट अफ इन्डोयूरोलोजीले मृगौलाका पत्थरी र प्रोष्टेट ग्रन्थीको नि:शुल्क शिविर गर्ने



काठमाडौँ।

ललितपुरको कुपान्डोलमा रहेको खड्गी इन्स्टिच्युट अफ इन्डोयूरोलोजीले आरुस लाईफस्टाइल अस्पताल तथा रेड क्रसन्ट अफ कुवेतसँगको सहकार्यमा मिगौलाको पत्थरी तथा प्रोस्टेट ग्रन्थीका बिरामीका लागि निशुल्क शल्यक्रिया सेवा प्रदान गर्नेे उदेश्यले नि:शुल्क शल्यक्रिया शिविर आयोजना गर्न लागिएको खड्गी इन्स्टिच्युट अफ इन्डोयूरोलोजीका प्रवन्धनिर्देशक डा.सञ्जय खड्गीले जानकारी गराउँनुभयो ।

खड्गी इन्स्टिच्युट अफ इन्डोयूरोलोजीको आयोजनामा आगामी पुस १४ देखि १६ गते सम्म तीन दिन सम्म एकैपटक ४० जना मृगौलाका पत्थरी र प्रोष्टेट ग्रन्थीका बिरामीको नि:शुल्क शिविर आयोजना गर्न लागिएको डा.खड्गीले जानकारी गराउँनुभयो । इन्स्टिच्युटले प्रत्येक महिना विपन्न परिवारका ४ जनालाई अत्यन्तै कम शुल्कमा शल्यक्रिया गर्दै आएको समेत जानकारी गराउँनुभयो ।

इन्स्टिच्युटले शिविरमा बिरामीको शल्यक्रिया मात्र नभई आवश्यक पर्ने औषधि तथा बेड चार्ज समेत नि:शुल्क गर्ने कार्यक्रम रहेको पनि उहाँले जानकारी गराउँनुभयो । पत्थरी शल्यक्रियाका लागि मिनि पीसीएनएल विधि र प्रोस्टेट ग्रन्थीका लागि बाईपोलार टर्भ विधिबाट बिरामीमा ठूलो चीरफार नगरी अत्याधुनिक प्रविधिबाट उपचार गरिने डा.खड्गीले जानकारी गराउँनुभयो ।

डा.खड्गीले नेपालमा आर्थिक अवस्था कमजोर भएका धेरै बिरामीले समयमा उपचार गर्न नसकेर मिगौला तथा प्रोस्टेट ग्रन्थी फेल हुने अवस्थामा पुग्ने अवस्थामा यो नि:शुल्क शिविरबाट राहत पुग्ने अपेक्षा गरिएको बताउँनुभयो । उहाँले हाल सम्म इन्स्टिच्युटले १ हजार ४ सय ४० जनाको उपचार गरेकोमा २८ जनाको पूर्ण रुपमा नि:शुल्क गरेको र ७५ जनाको न्यून शुल्कमा उपचार गरिसकेको जानकारी गराउँनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्