दोस्रो अन्तराष्ट्रिय प्रत्यारोपण सम्मेलन काठमाडौंमा शुरु



काठमाडौ‌ं ।

नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या, मन्त्रालय शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुर र अंग प्रत्यारोण समाज नेपालको संयुक्त अयोजनामा शनिबार होटल एभरेष्ट, नयाँ बनेश्वरमा दोस्रो अन्तराष्ट्रिय प्रत्यारोपण सम्मेलन शुरु गरेको छ ।

सम्मेलनमा अमेरिका, जापान, भारत, बंगलादेश, हल्याण्ड, बेल्जियम, स्लोभानिया तथा नेपालका ख्याति प्राप्त प्रत्यारोपण विज्ञहरु, र नेपालका स्वास्थ सँग सम्बन्धि विज्ञहरु, समाजसेवी, पत्रकार, कालाकार, कानूनविद तथा जिल्ला अस्पतालसम्मका अस्पताल प्रमुख र नर्सिङ्ग प्रमुखका सहभागिता रहेको छ । प्रत्यारोपण सम्बन्धि सम्मेलनले नयाँ प्रविधिको हस्तान्तरण र मस्तिष्क मृत्यु पश्चात हुने अंगदान तथा प्रत्यारोपण सम्बन्धि अनुभव आदान प्रदान हुने साथै अंग दान तथा प्रत्यारोपण कार्यले अझै प्रभावकारी रुपमा गति लिने विश्वास लिएको आयोजकले जनाएकोछ ।

उक्त सम्मेलनमा नेपाली विज्ञहरुबाट १६ वटा कार्यपत्र र विदेशी विज्ञहरुबाट १२ वटा कार्यपत्रहरु प्रस्तुत हुने जनाएकोछ । उक्त सम्मेलनको नारा विकासोन्मुख मुलकहरुको लागि मूत्यू पर्यन्त अंगदान र प्रत्यारोपण भन्ने रहेको छ जसबाट विकासोन्मुख मुलुकमा रहेका अंगदान सम्बन्धि समस्या र सोको समाधान तथा मृत्यू पश्चात अंग दिन सकिने प्रवाधानको व्यापक प्रयोग हुने र विदेशी मुलुकमा जस्तै मस्तिष्क मूत्य्र पश्चात हुने अंगदान र प्रत्यारोपण कार्य सूचारु हुने विस्वास गरिएको जनाएकोछ ।

दुई दिनसम्म संचालन हुने सम्मेलनबाट देशका नीति निर्माण र कार्यान्वयन तहमा कार्यरत व्यक्तिहरु लाई नीति नियम तर्जुमा गर्न मार्ग दर्शन हुनेछ भने उपचारमा नयाँ प्रविधि र विज्ञताको प्रयोगले सर्वसाधारण प्रत्यक्षरुपमा लाभान्वित हुने कुरा आयोजक कमिटीका अध्यक्ष तथा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा पुकार चन्द्र श्रेष्ठले बाताउनुभयो ।

सम्मेलनको उद्घाटन नेपाल सरकारका मुख्य सचिव शंकरदाश बैरागीबाट भएको थियो । मुख्य सचिव शंकरदाश बैरागीले नेपाल सरकारले मृर्गौला रोगीमा गरेको लगानीबाट उत्साहाजनक नतिजा देखिएको बताउनुभयो । कार्यक्रममा स्वस्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवद्वयले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय नसर्ने रोगको रोकथाममा गम्भीरता पूृर्वक लागेको र मृर्गौला रोगीलाई जस्तो अरु रोगहरु जस्तै मुटु, क्यान्सर, पाठेघर, सानो आन्द्रा, छाला लगायतमा राहत पु¥याउन प्रयासरत रहेको जानकारी गराउनु भयो ।

पहिलो मस्तिष्क मृत्यूबाट मृगौला ग्रहण कर्ता मिलन श्रेष्ठले शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले समयमै मस्तिष्क मृत्युबाट प्राप्त मृर्गौला प्रत्यारोपण गरी दिएकाेमा आफ्नो ज्यान बचेको र मानिसमा भविष्यमा यस क्षेत्रमा कार्य गर्ने इच्छा ब्यक्त गरे । साथै नेपाल सरकारको योजना अनुसार प्रत्यारोपण सेवालाई देशका ७ वटै प्रदेशमा विस्तार गर्ने र केन्द्रलाई प्रत्यारोपण सम्बिन्ध विशेषज्ञ उत्पादन गर्ने विशेषज्ञ प्रतिष्ठनको रुपमा विकास गर्ने प्रस्ताव अगाडी बढाइएको कुरा डा. श्रेष्ठले बताउनुभयो ।

नेपाल सरकारले मृगौला रोगीको लागि प्रत्यारोपण तथा डाइलाइसिस निशुल्क गरेको तथा शहीद धर्मभक्त राष्ट्रिय प्रतयारोपण केन्द्र स्थापना गरेको कारण विश्व स्वास्थ्य संघको २००८ को अध्ययन प्रतिवेदनमा ९० प्रतिशत भन्दा बढी मृर्गौला फेल भएका व्यक्तिहरु केही महिनामा मृत्यु बरण गर्ने उल्लेख भएकोमा एक दशकको अन्तरालमा केन्द्रमा उपचार गराउनेहरु मध्ये प्रत्यारोपण गर्नेहरु ९८ प्रतिशत र डाइलाइसिस गर्नेहरु ९६ प्रतिशत बाँच्न सफल भएका छन् । यसबाट नेपाल सरकारको लगानीको सही सदुपयोग भएको पाइएको डा.श्रेष्ठले जानकारी गराउनुभयो ।

केन्द्रका कार्यकारी निर्देशकले नेपालमा प्रत्यारोपण सम्बन्धि कानूनमा सुधार, सेवाको विस्तार, विश्वसनीयता र प्रत्यारोपण सेवा विस्तार गर्ने योजना, साथ सहयोगको बारेमा चर्चा गर्नु भयो । केन्द्रले विश्वस्तरीय प्रत्यारोपण सेवा प्रवाह गरिरहेको र देशका ७ वटै प्रदेशमा प्रत्यारोपण सेवा विस्तार गर्ने योजना अनुरुप हाल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा केन्द्रको प्राविधिक सहयोगमा प्रत्यारोपण सेवा सञ्चालन गसिकिएको र निकट भविष्यमा नै सुर्खेत प्रादेशिक अस्तालमा शुरु गर्न लागिएको र क्रमशः देशका ७ वटै प्रदेशमा यो सेवा विस्तार गर्ने बताउनुभयो ।

प्रत्यारोपण कार्यनेपाल सरकारको सफल कार्यक्रमको रुपमा हेरिएको छ र मृर्गौला रोगीहरु तथा स्वास्थ्यकर्मीहरु सरकार प्रति अत्यन्त आभारी भएका छन् । सम्मेलनले हाल प्रत्यारोपण सेवामा देखिएका कानूनी तथा प्राविधिक समस्याको हल गर्नका लागि मार्गदर्शक भूमिका निर्वाह गर्ने विश्वास आयोजकले लिइएको छ भने यो कार्यलाई अगाडी बढानको लागि सरोकारवाला सबै निकायको साथ सहयोगको अपेक्षासाथ दुईदिने सम्मेलनो आयोजना गरिएको डा श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्