मौरी किन हरायो ?



काठमाडौं ।

धादिङ जिल्लाको गँगाजमुना वडा नं.१ मा पर्ने ताजिम्राङ गाउँका घाम ताप्दै मकै छोडाउँदै गरेका कृषक गम्पा तामाङसँग ग्रामीण जीवन र जीविको पार्जनका बारेमा छलफल गर्ने अवसर प्राप्त भयो ।

यो अवसर भने बीएमजेड र डब्लुएचएचको आर्थिक साझेदारी र जैविक विविधता, अनुसन्धान तथा विकासका लागि स्थानीय पहल (ली–वर्ड) मार्फत सञ्चालित लान प्लस परियोजना द्वारा स्वास्थ्य संस्थाहरूको सामुदायिक अङ्क–पत्र प्रयोग गरी कार्य योजना बनाउने क्रममा बिहानको फुर्सतमा भएको थियो । छलफलका क्रममा उनले भने पहिलेको जस्तो बालीनालीको उत्पादन हुँदैन खै किन हो रु हुन त आजकाल पशु वस्तुकोसंख्या पनि पहिलोको भन्दा धेरै कम छ । अनि भूकम्प जानु अघि यस गाउँमा धेरैजसो घरमा दुईचार घार मौरी थिए ।

मह प्रशस्त पाईथ्यो । लेख तिर गोठमा बस्दा पनि ठूला–ठुला रुखको धोद्रामा बसेका मौरी काटेर खाने गरिन्थ्यो । अहिले त मौरी गाउँमा छैन र बनमा पनि भेटिंदैनन् रु मौरी किन हरायो होला सर रु वहाँको जिज्ञासामा लेखकले प्रति प्रश्न गरे तपाईँको विचारमा किन होला त रु मलाई त घरका छाना टिनको हालेको भएर धेरै तातिएर हराएको हो कि जस्तो लाग्दछ । अर्को तरकारी लगायत कतिपय बालीमा विषादीको प्रयोगले पनि मासिएको हुन कि रु यस्तै गुराँसका ठुला ठुला रुख मासिएकाले पनि चरण कम भएर अन्तै गए कि रु हेर्नुस् त सामान्य ग्रामीण कृषक पनि पर्यावरण प्रति कति सचेत छन् ।

अल्वर्ट आइन्स्टाइनका अनुसार “यदि पृथ्वीको सतहबाट सम्पूर्ण मौरीहरू गायब हुने हो भने, पृथ्वीको मानिसको अधिक आयु चार वर्षको मात्र हुने छ ।” भन्ने भनाइले मौरी मानव जीवनका लागि कति महत्त्व पूर्ण छ भन्ने पुष्टि गर्दछ । त्यसैले हामीले मौरीको संरक्षण तथा पालन गर्न जोड दिनु पर्ने देखिन्छ । यस्तै आजकाल मौरीलाई दिगो कृषि उत्पादनको लागि एक महत्त्वपूर्ण घटक मान्न थालिएको छ ।

नेपालका तराई देखि उच्च पहाड अर्थात् समुन्द्री सतहबाट ४००० मिटरसम्ममा मौरीका विभिन्न प्रजातिहरू पाइन्छन् । र नेपालमा प्राचीन काल देखि नै मौरी पालन गरिदैं आएको सर्वविदितै छ । नेपालमा पुत्का, कठौती मौरी घर मौरी, घारे मौरी, भिर मौरी गरी पाँच प्रमुख प्रजातिका मौरीबाट मह सङ्कलन गरिन्छ । पुत्का सबै भन्दा सानो मौरी हो । यो प्रायः डुडेघार या सुकेको रुखको धोद्रामा बस्ने गर्दछ । पुत्काको मह सबै भन्दा बढी औषधीय महत्त्व भएको मानिन्छ । कठौती पुत्का भन्दा अलि ठुलो र अन्य घर मौरी भन्दा सानो पहेँलो रंगको मौरी हो । यो सानो पोथ्रा या झाडीमा सानो अण्डाकारको चाका बनाउने मौरी हो । कठौती मौरी आजकाल कमै मात्रामा भेटिने गरेको छ । घारे मौरी भने ठुला सिमलका रुखमा या घरको छतको बाहिर पटिएको भागमा एउटा चाका लगाएर बस्ने ठुलो आकारको मौरी हो ।

भिर मौरी भने पहाडी भेगका ठुला भिरमा एक वा एक भन्दा बढी चाका बनाएर बस्ने ठुलो आकारको मौरी हो । यी मध्ये पुत्का र घर मौरीको पालन गर्ने गरिएको पाइन्छ । घर मौरीमा पनि तराईमा एपिस मेलीफेरा प्रजातिको मौरी (युरोपियन मौरी)को व्यावसायिक रूपमा पालन गर्ने गरिएको छ । एपिस मेलिफेराका पनि नेपालमा तीन उपप्रजाति भित्रिएको मानिएको छ । तर नेपालमा स्थानीय एपिस सेराना (एशियन)प्रजातिको मौरीे बेसी देखि उच्च पहाडसम्म पालन गरिन्छ । यिनमा पनि उचाइ अनुसार फरक फरक जातको जस्तै सबैभन्दा तल्लो भेग र तराईमा पालन गरिने एपिस सेरेना इन्डिया, मध्य पहाडमा एपिस सेरेना सेरेना र उच्च पहाडमा एपिस सेरेना हिमालय उपप्रजातिका मौरीको पालन गरिन्छ (लेखनाथ काफ्ले, हरि बहादुर केसी। २०१९) कृषक गम्पा तामाङको प्रश्न सुने पछि ताजिम्राङ गाउँका घर तथा वरपर नियाल्दा जे देखियो प्रायः सबै घरका छाना देखि भ्याल्सी, टुडाल सबै स्थानमा ठुलो माकुराको जालोले ढाकिएको थियो ।

यस्तै विजुलीका तार र खम्बामा पनि माकुराको जालोले राम्रैसँग पासो थापिएको भान हुने गरी ढाकेको देखियो । अन्य कुराको जानकारी लिन भने समयले भ्याएन । गम्पा तामाङले भन्नु भयो “म अलि तलको बारीमा एउटा सानो ढुङ्गाले छाएको गोठ बनाएर मौरी पाल्ने सोचेको छु ।” कृषक पनि आफ्नो मन छुने विषयमा आफैँ अनुसन्धान गर्दछन् भन्ने कुरा तामाङको विचारले पुष्टि गर्दछ ।

मौरी कम हुनु या मासिनुमा थुप्रै कारणहरू हुन सक्दछन् । यसमा जानिफकारले थप्ने नै छन् । यहाँ केही कारणहरू उल्लेख गर्ने कोसिस गरिएको छ । जस्तै: प्रतिकुल स्थानीय वातावरण, चरणमा कमी, माउसुली, माकुरा, अरिंगाल, बच्छौँ, मलसाप्रो, चिवेचरा, मह खाने पुतली, कमिला आदि मौरीका प्रमुख शत्रु लाग्नु । मौरीको घरमा मौरीको सुलसुले पर्नु । यस बाहेक मानिसले अनावश्यक रूपमा जथाभाबी विषादीको प्रयोग गर्नुले पनि मौरीको संख्या घट्न जान्छ ।

नेपालको तराई देखि उच्च पहाड सम्ममा विभिन्न प्रकारका सूक्ष्म जलवायु पाइने र मौरीका पनि धेरै प्रजाति पाइने भएकाले पालन गर्नका लागि उपयुक्त वातावरण छ । सानो लगानी र थोरै मेहनतले मौरी पालन गर्न सकिन्छ । अध्ययनका अनुसार सेरेना प्रजातिका मौरीले प्रति वर्ष प्रति घार १० देखि ३० किलोग्रामसम्म महको उत्पादन गर्न सकिन्छ । मौरी पालक कृषकहरूका अनुसार १० देखि १५ घार मौरी व्यवस्थित तरिकाले पाल्न सकेको खण्डमा कतिपय अरवीय देशहरूमा गएर कमाएको भन्दा बढी आम्दानी घरपरिवारसँग बसेर कमाउन सकिन्छ । मौरीको चरणको विचार गर्ने, रोग तथा शत्रु जीवको व्यवस्थापन गर्ने र मौसम अनुसार तातो चिसोबाट बचाउने हो भने धेरै मिहेनतको आवश्यकता पर्दैन ।

प्रतिक्रिया दिनुहोस्