नेपालमा उत्पादित क्यान्सरविरुद्धको औषधि भारतमा पनि प्रयोग



काठमाडौं ।

नेपालमा पहिलो पटक क्यान्सरको औषधि टिजिग फर्मा प्रा.लि.ले उत्पादन गरि स्वदेश तथा विदेशमा सप्लाई गर्ने सफलता हासिल गरेकोछ । नेपालमा उत्पादित औषधि भारतको टाटा मेमोरियलमा उपचार गराईरहेका ३ जनाले नियमित प्रयोग गरि पुन माग गरेसँगै अन्य ५ जनाले औषधि मगाएको टिजिगका कार्यकारी निर्देशक शैलेश बैद्यले जानकारी गराउँनुभयो ।

विहिवार आयोजित पत्रकार सम्मेलनमा बैद्यले उक्त कुरा जानकारी गराउँदै नेपाली क्यान्स रोगीहरुको सेवामा औषधि नेपालमानै उत्पादन गरि उपलब्ध गराउने पहिलो संस्था स्थापना र संचालन गर्ने कार्य गरेकोमा संस्थाका निर्देशक बैद्यलाई हालै वल्र्ड बुक अफ रिकर्ड लण्डन को नेपाल च्याप्टर बाट सर्टिफिकेट अफ एक्सिलेन्ट सहितले सम्मान गरेको बैद्यले जानकारी गराउँदै उहाँले आफुमाथी थप जिम्मेवारी र हौसला बढेको बताउँनुभयो ।बैद्यले आफु क्यान्सर विरुद्धको औषधि उत्पादन नेपालमै गर्नुपर्छ भन्ने मान्यतका साथ अघि बढ्नुको प्रमुख श्रेय आमालाई दिनुभयो ।

उहाँले आफ्नो आमाले समयमा क्यान्सरको उपचार तथा औषधि नपाएका कारण २०५० सालमा मृत्युवरण गर्नुभए देखि यता परिवारका दिदी, भिनाजु, काका, मामा लगायत थुपै्र जनामा क्यान्सरको समस्या देखिएको र क्यान्सरको औषधिको महगी र उपचार सहज नभएको अवस्थामा नेपालीको स्वास्थ्य सेवा पाउने नैसर्गिक अधिकारको रक्षा गर्ने उदेश्यका साथ औषधि उत्पादन गर्ने अठोट लिएको बताउँनुभयो । उहाँले आफ्नो परिवारमा मृत्यु भएका ७५ प्रतिशत सदस्यलाई क्यान्सर भएको पिडासँगै औषधि उत्पादनमा नेपाल किन अघि नबढ्ने भनी आफु अघि बढेको बताउँनुभयो ।

 

उहाँले नेपालमा पछिल्लो समय क्यान्सर रोगको वृद्धि डरलाग्दो अवस्थामा रहेको बताउँदै सन् २०२१ मा टिजिजले औषधि उत्पाद शुरु गरि हाल सम्म ३५ प्रकारका औषधि उत्पादन शुरु गरेको र नेपालमै खुल्ला विक्री वितरणका लागि २८ वटा लाईसेन्सको खाँचो रहेकोले प्रकृयामा गैरहेको समेत जानकारी गराउँनुभयो । यो कम्पनीले हाल ७ वटा मलिकुल ल्याउन सक्ने अवस्था रहेको र भविष्यमा ९ वटा मलिकुलको लागि पहल भैरहेको पनि बताउँनुभयो ।

हाल नेपालमा उत्पादन भएको औषधि अन्य मुलुकबाट खरिद गर्ने भन्दा ४० प्रतिशत सहुलियतमा नेपालमा पाईने र गुणस्तरको कुनै कमी नहुने सम्म बैद्यले दाबी गर्नुभयो । मल्टीनेशनल कम्पनीको ओषधि भारतमा पनि महगो रहेको जानकारी गराउँदै बैद्यले नेपालमा औषधि उत्पादन र सप्लाईका लागि प्रकृया पुरा गर्नै समया लाग्ने हुनाले एकैपटक उत्पादन गर्न सम्भव छैन । नेपालमा उत्पादित औषधिले ७५ प्रतिशत माग पुरा गर्न सक्छ । तर कच्चा पदार्थ सहज र सरल ढंगले नेपालमा पुग्न निकै गाह्रो हुन्छ । औषधिको गुणस्तरियताका बिषयमा औषधि व्यवस्था विभागको मापदण्ड अनुसार गर्छौ र मापन गर्ने आधार त्यसमै निर्धारण गरिएको हुन्छ ।

एकव्याच औषधि उत्पादन र प्रयोगपछि परिणाम देखाईन्छ । हामीले उत्पादन गरेको औषधि स्वदेशमा मात्र नभै भारतको टाटा मेमोरिलको प्रिप्सकेसनको आधारमा भारतममा समेत औषधि सप्लाई गरेका छौ बैद्यले भन्नुभयो । क्यान्सरको एक ट्याब्लेट औषधिको ४ हजार ५ सय सम्म पर्छ । यति महगो औषधिको कच्चा पदार्थका लागि भारत र चीनमा मात्र उत्पादन हुन्छ ।

नेपालमा औषधिको गुणस्तरियता मापनका लागि राष्ट्रिय औषधि प्रयोगशालाबाट परिक्षण पछि औषधि व्यवस्था विभागको मूल्यांकन समितिले स्वीकृत गरेपछि मात्र बजार पाठाईन्छ । हाम्रो कम्पनीले पनि सोही अनुरुप २०५८ साल फागुन ३ गतेबाट स्वीकृति प्राप्त गरि औषधि बजार पठाउन थालेको हो । नेपालमा उत्पादित औषधिले रोयल्टी तिर्नु नपर्ने भएका कारण विदेशबाट आउँने भन्दा आधा सस्तो पर्नेहो । हामीलाई भारतीय औषधि कम्पनीले सहयोग गरेकै कारण कच्चा पदार्थ ल्याउँन पनि सजिलो भएका कारण अझ सहुलियत दरमा औषधि बजारमा लान सकेका छौ बैद्यले भन्नुभयो ।

प्रेस विज्ञप्ती

‘क्यान्सर सम्वन्धी संसारभरका देशहरुको विवरण प्रस्तुत गर्ने संस्था ग्लोबोक्यान (जसलाई विश्व स्वास्थ्य संगठनले नै इन्डोर्स गरेको छ ) ले सन् २०२० मा सार्वजनिक गरेको प्रतिवेदनमा नेपालमा प्रतिवर्ष २० हजार ५०८ जना क्यान्सरका नयाँ बिरामी थपिने गरेको उल्लेख छ । सोही प्रतिवेदनले प्रत्येक वर्ष १३ हजार ६२९ जना नेपालीले क्यान्सरका कारण ज्यान गुमाउने गरेको बताएको छ । नेपालका क्यान्सर विज्ञहरुलाई सोध्ने हो भने ग्लोबोक्यानले प्रस्तुत गरेको यो तथ्यांङ्क बास्तविकता भन्दा निकै कम भएको बताउने गर्दछन् ।’

‘नेपालमा क्यान्सरको उपचार गर्ने संस्था (अस्पताल)हरुकै कुरा गर्दा पछिल्लो दश वर्षमा निकै धेरै स्थापना भई सञ्चालनमा आएका छन् । उदाहरणकै रुपमा भन्नु पर्दा पहिले देखि नै चिनिएको भरतपुर, भक्तपुरबाहेक सरकारी तवरबाट नेपालगञ्जमा सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खुलेको छ । काठमाडौँमा त्रिवि शिक्षण अस्पताल परिसरमा सुरेश वाग्ले मेमोरियल क्यान्सर सेन्टर सञ्चालनमा आएको छ । यस्तै निजी क्षेत्रबाट हरिसिद्धीमा नेपाल क्यान्सर अस्पताल, भक्तपुरमा काठमाडौँ क्यान्सर सेन्टर, जावलाखेलमा नेशनल क्यान्सर सेन्टर, झापामा पूर्वाञ्चल क्यान्सर सेन्टर र चितवनमा सीएमसी क्यान्सर सेन्टर सञ्चालनमा आएका छन् । यी बाहेक पाटन, वीर, प्रसूती, ओम, ग्राण्डी, वीएण्डबी, ह्याम्स, मेडिसिटी लगायतका नयाँ तथा पुराना ठूला सरकारी तथा निजी अस्पतालमा पनि क्यान्सरको उपचार हुँदै आएको छ ।’

नेपालमै क्यान्सर रोगबिरुद्धको औषधि उत्पादन गर्ने टिजिग फर्माका कार्यकारी निर्देशक शैलेस वैद्यले विषय प्रवेश गर्नु अघि यसरी भूमिका बाँधिहाले । त्यसपछि उनले थप्दै भने, ‘माथिका यी दुई तथ्यले नेपालमा क्यान्सरको अवस्था कस्तो छ भनेर अनुमान गर्न जो कसैलाई पनि गाह्रो नहोला ।’
उनले अझ थप्दै गए, ‘पछिल्लो दश वर्ष यताकै कुरा गर्दा देशमा क्यान्सरको उपचार गर्ने अस्पताल मात्रै थपिएको होइन, उपचारका लागि चाहिने अत्याुधिन मेसिन तथा प्रविधि पनि भित्रिएको छ । दक्ष जनशक्ति पनि थपिदै गएका छन् । नथपिएको त एउटै कुरा थियो औषधि । तर, हामीले त्यो अभावको परिपूर्ती गरिदिएका छौँ । अब नेपालमै टिजिगको औषधि बन्न थालेको छ ।’

विहीबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा बैद्यले नेपालमै उत्पादित एन्टीक्यान्सरका औषधि नेपाल सहित भारतका विभिन्न अस्पतालमा उपचाररत विरामीले सहज र सुलभ रुपमा प्रयोग गर्न थालेको जानकारी दिए ।‘नेपालमा क्यान्सर रोगको उपचार भइरहेको छ र थियो तर बिरामीले प्रयोग गर्नुपर्ने औषधिहरु बेला बखत अनियमितता तथा औषधिको मुल्यमा रहेको असमानता देखेर नै विगत चार बर्ष देखि क्यान्सर विरुद्धको औषधि उत्पादनको बाटो रोजेका थियौँ । अहिले त्यसको परिणाम देखिन थालेको छ,’ कार्यकारी निर्देशक वैद्यले एन्टीक्यान्सर औषधि बनाउन थाल्नुको कारण खुलाए ।

उनले टिजिग नेपाली औषधि उद्योगको क्षेत्रमा नयाँ भए पनि उपस्थिति भने भिन्न ढंगबाट भएको बताए । ‘हामी क्यान्सरको औषधि उत्पादन गर्ने चर्चित भारतीय कम्पनी एसपी एक्यूर ल्यावसंग प्रविधि हस्तान्तरण (टेक्नोलोजी ट्रान्सफर) गरी सञ्चालित हौँ । विश्व स्वास्थ्य संगठनको प्रविधि हस्तान्तर सम्वन्धी निर्देशिका बमोजिम विदेशी कम्पनीको प्रविधि र लगानी भित्र्याउने टिजिग नेपालकै पहिलो औषधि कम्पनी हो’ वैद्यले भने ।

टिजिगले कति प्रकारका औषधि उत्पादन गर्दछ ?

टिजिग फर्माबाट अहिले फोक्सो, रगत, स्तन, पाठेघरको मुखको, मस्तिष्क, ठुलो आन्द्रामा हुने क्यान्सर रोग विरुद्धका औषधिहरु उत्पादन भई रहेका छन् । कम्पनीका प्राविधिक प्रमुख सरोज पौडेल भन्छन्, ‘हाल नेपाली बजारमा क्यान्सरका मुखबाट खाने ३४ प्रकारका मोलिक्युलबाट उत्पादन हुन सक्ने ५३ किसिमको औषधिको उत्पादन गर्नको लागि औषधि ब्यबस्था विभागबाट अनुमति पाई सकेका छौँ । यी मध्ये १४ प्रकारका मोलिक्युलबाट उत्पादिन २३ किसिमका औषधिहरु विक्री बितरण गर्न औषधि व्यवस्था विभागले अनुमति दिईसकेको अवस्था छ । तर अहिले टिजिगले नेपाली बजारका लागि ५ प्रकार मोलिक्युलबाट ७ किसिमका औषधिहरु बिक्री वितरण गर्दै आईरहेको छ ।’

उनले अरु ९ प्रकारका मोलिक्युलबाट १६ किसिमका औषधि विदेशमा विक्री वितरण हुँदै आएको बताए ।विदेशमा मात्रै विक्री वितरण गर्नका लागि अनुमति पाएको १६ किसिमका औषधिहरु यतिवेला नेपाली चिकित्सक, अस्पताल र विरामी पक्षबाट निकै नै माग भएका छन् । टिजिगले मुख्य सरोकारवालाहरुको मागलाई ध्यान दिएर अहिले औषधि व्यवस्था विभागमा यी औषधिहरु नेपालमा पनि उपलव्ध गराउन पाउँ भनेर निवेदन दिएको छ । विभागले पनि यो विषयमा आफू सकारात्मक रहेको जनाएको कार्यकारी निर्देशक वैद्यले बताए । कम्पनीले भविष्यमा अन्य धेरै प्रकारका क्यान्सर विरुद्धका औषधिहरु बजारमा ल्याउने तयारीमा रहेको पनि उनले जानकारी दिए ।

औषधि प्रयोगमा आउन थाल्यो

टिजिगले करीव ९ महिना अघि देखि उत्पादन सुरु गरी बजार पठाउन थालेको औषधिहरु बिरामीले प्रयोग गर्न थालेका छन् । वैद्य भन्छन्, क्यान्सर रोगको उपचारमा नेपालमै रहेका बिरामीका लागि चिकित्सकले प्रेस्काईव गर्न थालेका छन् । भारतमा रहेका विरामीहरुले पनि टिजिगबाट उत्पादित एन्टी क्यान्सरको औषधि उपभोग गर्न थाल्नु भएको छ । उनले भारतको दिल्लीस्थित राजिवगान्धी क्यान्सर अस्पताल, मुम्बईको टाटा मेमोरियल क्यान्सर अस्पतालमा उपचार गराईरहेका बिरामीहरुले पनि आधिकारिक रुपमा त्यहाँको औषधि नियमक निकायको स्वीकृतिमा टिजिगबाट उत्पादित क्यान्सर विरुद्धको औषधि उपभोग गरिरहेको सुनाए ।
उनले टिजिगबाट उत्पादित औषधि निकट भविस्यमा अफ्रिकी देशहरुमा निर्यात गर्न लागेको समेत जानकारी दिए ।

टिजिगले उत्पादन गरेका क्यान्सरका औषधिहरु यसप्रकार रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्