भूकम्प अपडेट : मृतक ६ जनासहित सबै घाइतेको परिचय खुल्याे



काठमााडौं ।

भूकम्पमा परी ६ जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । गए राति २ बजेर १२ मिनेटमा गएको ६.६ रेक्टरस्केलको भूकम्पकका कारण पूर्वीचौकी गाउँपालिका ३ को गैरा गाउँमा ८ घर भत्किएका छन् ।

जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी नायव उपरिक्षक भोलाकुमार भट्टका अनुसार उक्त भूकम्पमा परी पूर्वीचौकी गाउँपालिका ३ का ५० वर्षी प्रेम बोहरा, ४० वर्षीया भगवती बोहरा, १३ वर्षीया सीता बोहरा, ८ वर्षीय हर्क बोहरा, १४ वर्षीया धन्सरी बोहरा र १४ वर्षीया कीतुलछी बोहरा रहेका छन् ।

घाइते हुनेमा ४५ वर्षीय महाविर बोहरा, ४० वर्षीय इन्नरी बोहरा, ४५ वर्षीया बिस्नादेवी बोहरा, ४६ वर्षीय चनादेवी बोहरा, ११ वर्षीया धौली बोहरा, ४२ वर्षीय केशरसिंह बोहरा र ३४ वर्षीया जगुदेवी बोहरा रहेका छन् ।

भुकम्प मापन केन्द्र का अनुसार गएराती २ बजेर १२ मिनेटमा ६.६ को, ९ बजेर ७ मिनेटमा ५.७ को र ९ बजेर ५६ मिनेटमा ४.१ को हो भुकम्प गएको हो । भूकम्पले घर चर्किएकाले स्थानीयले चौरमा बसेर रात बिताएका छन्

प्रतिक्रिया दिनुहोस्