कडेलले ल्याए ’ए माया जुनकिरी’



काठमाडौँ।

गीतकार गोबिन्द कडेल आँसुको नयाँ गीत ’ए माया जुनकिरी’ सार्वजनिक भएको छ । दुई दशकदेखि कथा, कविता, खण्डकाव्य, गीतलेखन गर्दै आउनु भएको आँसुको यस गीतमा चर्चित सङ्गीतकार दीपक शर्मले सङ्गीत गरेका छन् भने वरिष्ठ गायक रामकृष्ण ढकालको स्वर रहेको छ ।

उक्त गीतमा नायक आकाश श्रेष्ठ र अनुशा अधिकारीको अभिनय रहेको छ भने निकेश खड्काले भिडियो निर्देशन गर्नुभएको छ । सुरज अधिकारी निर्माता रहनु भएको उक्त गीतमा विष्णु पौड्यालको समेत सहयोग रहेको छ ।

रामकृष्ण ढकालको अफिसिएल युटुबच्यानलमा उक्त गीत हेर्न सकिन्छ । काभ्रे जिल्ला तथा नमोबुद्ध नगरपालिकाको गीतसमेत सिर्जना गरिसकेका कडेलका यसअघि आधा दर्जन जति गीत सार्वजनिक भइसकेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्