सानिमा जिआईसी इन्स्योरेन्सको सीईओमा उपाध्याय नियुक्त



काठमाडौं ।

सानिमा जिआईसी इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा सुद्युम्न प्रसाद उपाध्याय नियुक्त भएका छन् । कम्पनीको कात्तिक ७ गते बसेको सञ्चालक समितिको बैठकले उपाध्यायलाई सीईओ नियुक्त गरेको हो । सो जानकारी कम्पनीले नेप्समार्फत दिएको छ ।

सानिमा जनरल इस्योरेन्सका सीईओ रहेका उपाध्ययले प्रिमियर इन्स्योरेन्समा समेत सीईओ भई कायम गरेका छन् । उनले व्यवस्थापनमा स्नातकोत्तर तथा त्रिभुवन विश्वविद्यालयबाट एलएलबी समेत गरेका छन् । साविकको सानिमा जनरल इन्स्योरेन्स र जनरल इन्स्योरेन्स कम्पनी नेपालबीच मर्जर भई कात्तिक ७ गतेदेखि सानिमा जिआईसी इन्स्योरेन्स कम्पनीको नामबाट एकीकृत कारोबार सुरु गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्