रामेछापलाई समृद्ध बनाउन ढुंगेल चौथोपटक मैदानमा



रामेछाप ।

प्रतिनिधिसभा सदस्य उम्मेदवार  : कैलाशप्रसाद ढुंगेल

कैलाशप्रसाद ढुंगेल नेकपा एमालेका केन्द्रीय सदस्य तथा एमाले रामेछापका इन्चार्ज हुनुहुन्छ । नेकपा मालेको भूमिगत जीवनदेखि राजनीति गरेका उहाँ रामेछापमा कम्युनिस्ट पार्टीको संस्थापकभित्र पर्नुहुन्छ । लामो समय भूमिगत राजनीतिपछि २०४६ सालको परिवर्तनसँगै ढुंगेल खुला राजनीतिमा आउनुभएको थियो । जिल्ला विकास समिति रामेछापको सभापति बनिसकेका उहाँ २०७४ सालको निर्वाचनमा वागमती प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । डोरमणि पौडेल नेतृत्वको सरकारमा वागमती प्रदेशको अर्थमन्त्रीका रूपमा ढुंगेलले आफ्नो भूमिका निर्वाह गरिसक्नुभएको छ । मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा उहाँ रामेछापबाट उम्मेदवार बन्नुभएको छ । प्रस्तुत छ, यसै सन्दर्भमा नेपाल समाचारपत्रका जिल्ला संवाददाता डोरशंकर बरुवालले उहाँसँग गरेको कुराकानीको सम्पादित अंश ।

प्रतिनिधिसभामा तपाईंको उम्मेदवारी किन ?

रामेछाप विकास र उत्पादनको दृष्टिकोणले अलि पछि परेको जिल्ला हो । म सरकारमा हुँदा होस् वा बाहिर हुँदा रामेछापको विकासका लागि गरेका अधुरा कार्य पूरा गर्नलाई नै मैले उम्मेदवारी दिएको हुँ ।

चुनावी अभियान कसरी अगाडि बढ्दै छ ?

रामेछापमा चुनावी अभियान शुरु गरिसकेका छौं । अहिले हाम्रो एजेन्डालाई प्रतिबद्धतामार्फत, घोषणपत्र मार्फत र मिडियामार्फत जनतामाझ पु¥याउँदै छौं । समृद्ध रामेछाप बनाउने, रामेछापलाई विकसित जिल्ला बनाउन हामी लागिपरेका छौं । रामेछापका ८ वटै स्थानीय तहमा पुगेका छौं ।

सत्ता गठबन्धनसँग रामेछापमा एमाले एक्लै लड्दै छ, तपाईंले जित्ने आधार के हो ?

रामेछापमा गठबन्धन छजस्तो मलाई लाग्दैन । मेरो प्रतिपस्र्धा कांग्रेसका उम्मेदवारसँग हुने हो । मन्त्री हुँदा मैले रामेछापमा सामाजिक तथा भौतिक विकासका धेरै काम गरेको छु । त्यसैले चुनाव जित्नेमा ढुक्क छु । रामेछापका नागरिकले कांग्रेस र एमालेलाई राम्रो सँग चिनेका छन् । त्यसैले एमालेको जितलाई गठबन्धनले खासै असर गर्ला जस्तो लाग्दैन । एमाले रामेछापमा जित्न म बागमती प्रदेशको ३ वर्ष ४ महिना अर्थमन्त्री हुँदा गरेको काम नै काफी छ ।

तपाईं मन्त्री हुँदा रामेछापले के पायो ?

म मन्त्री हुँदा रामेछापले धेरै कुरा पाएको छ । धेरै सडक कालोपत्रे भएका छन् । कोल्डस्टोर बनेको छ । कवड हल बनेको छ । दर्जनौं लिफ्ट खानेपानीको योजना आए । युवा लक्षित स्वरोजगारका कार्यक्रम आए । प्रत्येक पालिकामा अस्पताल बन्दै छन् । पर्यटनतर्फ भौतिक संरचना बनेका छन् । पुष्पलालको जन्मस्थान रामेछापको भँगेरीमा पार्क र आधुनिक संग्रालय बन्दै छ । यस्ता धेरै छन् । मैले गरेको अरू काम रामेछापका जनतालाई सोध्नुहोला उहाँहरूले नै भन्नुहुन्छ कि मैले कति काम गरें भनेर ।

तपाईं वागमतीको आर्थिक मामिला तथा योजनामन्त्री हुँदा विकास बजेट आफ्नो निर्वाचन क्षेत्रमा बढी लगेको भन्ने आरोप छ । वास्तविकता चाहिँ के हो ?

रामेछापमा बढी बजेट आएको कुरालाई स्वीकार गर्छु । जहाँ बढी घाउ छ त्यहीं मलम लगाउने हो । रामेछापका आधुनिक जिल्ला अस्पताल बन्यो, सडक बन्यो, खानेपानीको योजनाहरू क्षेत्र ‘क’ मा बढी छन् । रामेछापमा आवश्यकताको आधारमा विकास बजेट गएका छन् । मैले आलोचना खेप्नुपरेको चाहिँ रामेछापमा बढी बजेट आयो भनेर हो । रामेछापमा आएको विकास बजेटलाई आवश्यकता आधारमा विनियोजन गरिएको छु ।

२०४६ सालपछि तपाईं लगातार उम्मेदवार बन्नुभएको छ । अब नयाँलाई छाडिदिउँ भन्ने लाग्दैन ?

म नयाँ नै हुँ । संघमा म जम्मा तीनपटक उम्मेदवार बनेको छु । तीनैपटक पराजित भएँ । त्यसपछि अघिल्लो प्रदेशसभामा रामेछाप प्रदेश ‘ख’ बाट उम्मेदवारी दिएको हुँ । प्रदेशमा धेरै विकासका काम गरें । तर, प्रतिनिधिसभामा म टेस्टेड हुन बाँकी नै छ नि ।

पाँच वर्षमा रामेछापलाई कस्तो बनाउने योजना बनाउनुभएको छ ?

जिल्लामा पूर्वाधारका काम गर्न धेरै बाँकी छ । शिक्षा र स्वास्थ्यमा धेरै काम गर्न काँकी छ । ती काम पूरा गर्दै कृषि क्षेत्रलाई व्यवसायीकरण गर्ने, एक गाउँ एक उत्पादन शुरु गर्न, पर्यटन प्रवद्र्धन गर्ने मेरो योजना रहेको छ ।

१-जिल्लामा पूर्वाधारका काम गर्न धेरै बाँकी छ । शिक्षा र स्वास्थ्यमा पनि धेरै काम गर्न बाँकी छ । ती काम पूरा गर्दै कृषि क्षेत्रलाई व्यवसायीकरण गर्ने, एक गाउँ एक उत्पादन शुरु गर्ने, पर्यटन प्रवद्र्धन गर्ने मेरो योजना रहेको छ ।

२-मन्त्री हुँदा मैले रामेछापमा सामाजिक तथा भौतिक विकासका धेरै काम गरेको छु । त्यसैले चुनाव जित्नेमा ढुक्क छु ।

प्रतिक्रिया दिनुहोस्