पुरुषलाई मन पारेर ४१३ टेक्स्ट म्यासेज पठाउँदा पनि जवाफ नदिएपछि ‘छुरा प्रहार’ गर्ने धम्की



काठमाडौं ।

। जापानको फुकुओका प्रिफेक्चरमा एक पुरुषलाई मन पारेर तीन दिनमा ४१३ वटा टेक्स्ट म्यासेज पठाई पुरुषले जवाफ नदिएपछि ‘छुरा प्रहार’ गर्ने धम्की दिने एक महिला पक्राउ परेकी छन् ।

छुरा प्रहार गर्ने धम्कीसहित फुकुओका प्रिफेक्चरल प्रहरीको यानागावा प्रहरी स्टेशनले शहरको शिक्षा बोर्डमा कार्यरत यानागावा निवासी ३९ वर्षीया मिचियो साकाकीले आफूले मनपर्ने एक पुरुषलाई पछ्याउदै तीन दिनमा ४१३ भन्दा बढी इमेलहरू पठाइ स्टकर नियमन कानून उल्लंघन गरेको आरोपमा अक्टोबर २८ मा यानागावा प्रहरी स्टेशनले पक्राउ गरेको छ ।

साकाकीलाई अक्टोबर ८ र १० का बीच प्रिफेक्चरमा एक २९ वर्षीय पुरुषको सेलफोनमा ४१३ म्यासेज पठाएको आरोप छ, जसमा एउटा म्यासेजमा भनिएको थियो “कृपया मलाई जवाफ दिनुहोस्स केवल एक शब्द भएपनि ठीक छ।” उनले फेरि पनि अक्टोबर २८ को बिहान आफ्नो कार्यस्थलमा फोन गरेर भनिन्, “म तिमीलाई छुरा हान्नेछु ।” संदिग्धले स्पष्ट रूपमा आरोपहरू स्वीकार गर्दै प्रहरी समक्ष भनिन “मैले उसलाई मन पराएकोले यस्तो म्यासेज लेखेकी हु”

यानागावा सिटीका अनुसार साकाकी नगरपालिकाको पुस्तकालयमा अंशकालिक कर्मचारी हुन् । उनले सेप्टेम्बरमा पहिलो पटक घरजग्गा एजेन्टलाई भेटेको भएपनि तिनीहरू सम्बन्धमा थिएनन्। महानगरीय प्रहरी विभागले साकाकीलाई अक्टोबर ११ मा सम्पर्क गरेर म्यासेज नपठाउन चेतावनी समेत दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्