भाइटिकामा पनि खुल्छ ‘द क्लिफ’



पर्वत।

कुश्मा स्थित एड्भेन्चर हब ‘द क्लिफ’ तिहारको भाइटिकामा पनि खुल्ला हुने भएको छ । एड्भेन्चर प्रेमीहरूको सुविधालाई मध्यनजर गर्दै तिहार एवं भाइटिकामा समेत ‘द क्लिफ’ का सबै साहसिक खेलहरू खुल्ला नै रहने कम्पनीका अध्यक्ष राजु कार्कीले जानकारी दिए ।

बन्जी र स्विङको लागि प्रख्यात बनेको यस ठाउँमा एड्भेन्चर प्रेमीहरूको आकर्षण बढेको छ । भाइटिकाको दिनको लागि बन्जीको प्री बुकिङ समेत भैरहेको कार्कीले बताए ।

‘यहाँ विशेष गरी पर्यटकहरू बन्जीकै लागि आउने गरेका छन् । तर यहाँ आइसकेपछि स्विङ, स्काइ क्याफे, स्काइ रोप साइकलिङ, जाइन्ट स्विङ, स्काइ ग्लाइडिङ लगायतका साहसिक खेलहरूको पनि अनुभव लिने गरेका छन्,’ कार्की भन्छन् ‘चाडवाड र विदाको समयलाई सदुपयोग गर्न आउनेहरूले तिहारमा खुल्छ वा खुल्दैन भनेर धेरै फोन आइरहेको छ । सोही कारण पनि हामीले भाइटिकाको दिन पनि सबै खेलहरू सञ्चालनमा राखेका छौँ ।’

 

प्रतिक्रिया दिनुहोस्