निफ्राको मुनाफा ५६ प्रतिशतले वृद्धि



काठमाडौं ।

नेपाल इन्फ्रास्ट्रक्चर बैंक(निफ्रा) ले चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । यस अवधिसम्म आइपुग्दा कम्पनीले ३७ करोड ८६ लाख ७९ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ ।

यो गत वर्षको यसै अवधिको भन्दा ५६.४६ प्रतिशतले बढी हो । गत वर्षको यही अवधिमा कम्पनीले २४ करोड २० लाख २७ हजार रुपैयाँ मुनाफा आर्जन गरेको थियो । यस अवधिमा सञ्चालन मुनाफा ५६.४७ प्रतिशत ले बढेर ५४ करोड नौ लाख रुपैयाँ पुगेको छ । गत वर्ष यसै अवधिमा उसले ३४ करोड ५७ लाख रुपैयाँ मुनाफा कमाएको थियो ।

खुद ब्याज आम्दानी पनि ५८.६१ प्रतिशतले बढेर ६५ करोड ५७ लाख रुपैयाँ पुगेको छ । खुद ब्याज आम्दानी र सञ्चालन मुनाफामा सुधार भएकाले यसको खुद मुनाफा पनि बढेको हो । साथै, कम्पनीको इम्पेरिमेन्ट चार्ज भने घटेको छ । बैंकको वितरणयोग्य नाफा १९ करोड ६ लाख रुपैयाँबाट बढेर २९ करोड ८५ लाख रुपैयाँ पुगेको छ । कम्पनीको जगेडा कोषमा दुई अर्ब ११ करोड रुपैयाँ जम्मा भएको छ । गत वर्षको यही अवधिमा कम्पनीको जगेडामा दुई अर्ब ६४ करोड ३७ लाख रुपैयाँ जम्मा थियो ।

असोज मसान्तसम्म आइपुग्दा प्रतिशेयर आम्दानी २ रुपैयाँ १७ पैसाले बढेर ७ रुपैयाँ १ पैसा कायम भएको छ । गत वर्षको पहिलो त्रैमासमा यसको प्रतिशेयर आम्दानी ४ रुपैयाँ ४४ पैसा रहेको थियो । कम्पनीको प्रतिसेयर नेटवर्थ १०९ रुपैयाँ ७८ पैसा छ ।

प्रतिक्रिया दिनुहोस्