प्रभु बैंकको कस्तो छ वित्तीय अवस्था ?



काठमाडौं ।

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा प्रभु बैंकको नाफा १०।७९ प्रतिशतले बढेर ७० करोड ५० लाख रुपैयाँ पुगेको छ । गत वर्षको यसैअवधिमा यसले ६३ करोड ६३ लाख २१ हजार रुपैयाँ नाफा कमाएको थियो ।

यसअवधिसम्म सञ्चालन नाफा १५.४४ प्रतिशतले बढेर १ अर्ब १८ करोड ७७ लाख रुपैयाँ पुगेको छ । गत वर्ष सो नाफा ८८ करोड २५ लाख रुपैयाँ रहेको थियो ।

खुद ब्याज आम्दानी पनि ३८.७१ प्रतिशतले बढेर १ अर्ब ९७ करोड २९ लाख रुपैयाँ पुगेको छ । खुद ब्याज आम्दानी र सञ्चालन नाफामा आएको वृद्धिले खुद नाफा बढ्न सहयोग गरेको हो । बैंकको वितरणयोग्य नाफा ३० करोड ९३ लाख रुपैयाँ रहेको छ । यसको जगेडा कोषमा ६ अर्ब १ करोड ८१ लाख रुपैयाँ जम्मा भएको छ ।

चुक्ता पुँजी १२ अर्ब ७० करोड ८७ लाख रुपैयाँ रहेको प्रभुको असोज मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी २४ पैसाले घटेर २२ रुपैयाँ १९ पैसा कायम भएको छ ।

गत वर्षको पहिलो त्रैमासमा बैंकको प्रतिसेयर आम्दानी २२ रुपैयाँ ४३ पैसा रहेको थियो । कम्पनीको प्रतिसेयर नेटवर्थ १६२ रुपैयाँ २२ पैसा छ । प्रभुले सेन्चुरी बैंकलाई गाभ्ने सम्झौता गरेको छ ।

प्रतिक्रिया दिनुहोस्