जोडी अरूण र अञ्जनाको



कात्तिक ११ गतेबाट अल नेपाल रिलिज हुने फिल्म महापुरुषलाई लिएर यसका डेब्यु नायक नायिका अøण क्षत्री र अञ्जना बराइली उत्साहित छन्।धेरै अघिदेखि मह जोडीलाई भेट्ने लालसा बोकेका अøण र अञ्जना अहिले उनीहरूसँग काम गर्न पाएको डेब्यु फिल्मका

कारण उत्साहित भएका हुन्। ञमदन बा र हरिवंश बालाई धेरै अघिदेखि नै भेट्ने मन थियो। मदन बा बिरामी भएको बेलामा पनि एकपटक उहाँलाई भेटौँ भन्ने लाग्यो। प्रयास पनि गरे। तर, सम्भव भएन। अहिले उहाँहरूसँगै काम गर्न पाएको बेलामा चाहि मलाई डर लागेको थियो। तर, मैले डरको अगाडि जित छ भन्ने जस्तै त्यसलाई आत्मविश्वासमा बदले अरूणले एक भेटमा सुनाए डेब्यु फिल्ममै उहाँहरूको आशिर्वाद पाउँदाको खुसी म व्यक्त गर्ने सक्दिनँ।

अभिनयमा भविष्य खोज्दै जापानबाट नेपाल फर्किएका अरूणको निर्देशक प्रदीप भद्मराईसँग काम गर्ने योजना थियो। तर, भेटसम्म गर्न सकेका थिएनन्। त्यो समयमा उहाँहरूको जात्रै जात्रा रिलिज हुँदै थियो। त्यसैले भेट भएन। तर, अहिले उहा™को फिल्मबाट डेब्यु गर्ने अवसर पाए,अरूणले खुसी हुँदै भने। अरूण र अञ्जना दुबै यो फिल्मका लागि अडिसनबाट छानिएका हुन्। महापुरुषमा अरूणले हरिवंशको कान्छो छोरा र अञ्जनाले मदनकृष्णकी छोरीको भूमिका निर्वाह गर्ने अवसर पाएका छन्।

म्युजिक भिडियोमा अभिनय र मोडलिध्र गर्दै आएकी अञ्जनाले महापुरुषलाई आप्mनो करियको स्वर्ण अवसरका रूपमा लिएकी छन्। ञमैले योभन्दा अघि पनि केही फिल्ममा अडिसन दिएकी थिए। एउटा फिल्मका लागि सेल्केट पनि भएकी थिएँ। तर, त्यो फिल्म नै बनेन्। महापुरुषमा पनि अडिसनबाट छानिएकी हुँ। तर मैले उहाँहरूलाई म अडिसनमा पास भए कि भइनँ भनेर सोधिन। सिधै हामी कहिलेबाट काम गछौँ भनेर सोधेँ उनले सुनाइन् सुटिङ शुरू भएपछि डरले शुरूमा बिरामी नै भएँ। तर, विस्तारै म सेट हुँदै गएँ। रवीन्द्र दाइ (फिल्मका अभिनेता तथा कार्यकारी निर्माताश्र र प्रदीप दाइले राम्रोसँग गाइड गर्नुभयो। अभिनयलाई प्रस्तुत गर्ने शैली सिकाउनुभयो।

अरूण र अञ्जनाले अडिसनमा देखाएको अभिनय क्षमताले नै उनीहरूलाई छानिएको कलाकार तथा निर्माता बानियाँले बताए। ञहामीलाई चाहिएको कलाकार उहाँ दुईमा पायौँ। अडिसनमा दिइएको उहाँको प्रस्तुतिले हामीलाई प्रभावित बनायो। धेरैको अडिसन लिएता पनि भूमिका सुहाउँदो भएकाले सेलेक्ट गरेका हौँ, बानियाँले भने। अरूण र अञ्जनालाई वर्कसपमा केही समस्या भयो। फिल्मको लागि नयाँ उनीहरूले क्यारेक्टरलाई बाँच्न समय लिए। तर, फिल्ममा भने उनीहरूलाई कतै नयाँ देखिने छैनु निर्देशक प्रदीप भद्मराईको भनाइ छ हामीले नयाँ प्रतिभालाई स्थान दिनुपर्छ भनेर अडिसनमार्फत उनीहरूलाई खोजेका हौँ। नयाँ पुस्ताको कथा नयाँ अनुहारबाटै भन्न खोजेका छौ।

प्रतिक्रिया दिनुहोस्