सिरियलमा ख्याल ख्याल



पत्रकार भोला अधिकारीको लेखन तथा निर्देशनमा हाँस्य सिरियल ख्याल ख्यालमा निर्माण भएको छ। यसको हालै टझेलर सार्वजनिक भएको छ।

सिरियलमा समसायिक विषयवस्तुलाई व्याध्र्ग्यात्मक शैलीबाट दर्शकलाई मनोरञ्जन दिने प्रयास गरिएको छ। यसको ट्रेलरमा राजनीतिक विषयवस्तुलाई उठाउन खोजिएको छ। अरू बेला गाउँ बिर्सने नेता चुनावको समयमा गाउँ पस्ने विषयमा ट्रेलर केन्द्रित छ। अरू बेला जनतालाई वास्तै नगर्ने नेताको परिपाटी छ। त्यसैको वरिपरिको कथामा सिरियल निर्माण भएको हो निर्देशक भोला भन्छन्।

सिरियलमा ज्ञानेन्द्र कोइराला, राजेन्द्र गिरी, रमा दाहाल, भोला अधिकारी, गितु पराजुली, अर्जुन घिमिरे, नेहा नेपाली, अक्कल कार्की, हरिचन्द्र राई, विवेक अधिकारी, मनीष कोइरालालगायतले अभिनय गरेका छन् भने छायांकन समीर राई र सम्पादन ज्ञानेन्द्र कोइरालाकै रहेको छ।

प्रतिक्रिया दिनुहोस्