डा. भगवान कोइरालाको पुस्तक हृदयको विमोचन शनिबार



काठमाडौं । डा. भगवान कोइरालाद्वारा लिखित पुस्तक हृदयको विमोचन समारोह हुने भएको छ । हृदयको नियमित संस्करण विमोचन समारोह भोलि (शनिबार) हुने भएको हो ।

समारोहमा अनिल शाही र उनको समूहको विशेष साङ्गीतिक प्रस्तुति तथा बुद्धिसागरका कविता वाचन हुने बताइएको छ ।

यस समारोहमा सबैको उपस्थितिको लागि निमन्त्रणा समेत गरिएको छ ।

विमोचन समारोह नेपाल प्रज्ञा प्रतिष्ठानको डबलीमा हुनेछ । समय दिउँसो साढे २ बजे निर्धारण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्