कोदो बालीका समस्या र न्यूनिकरणका उपाय



धादिङ ।

जिल्लाको गंगाजमुना गाउँपालिकाको उत्तरमा रहेका वडा नं. १, २ र ३ समुन्द्री सतह देखि करिब ६५० देखि ३१९० मिटरसम्मको उचाईमा फैलिएको छ । पालिकाको पास्र्व चित्र अनुसार यी वडाको क्षेत्रभित्र ८०६१ जना बसोबास गर्दछन् । यी तीन वडामा करिब १३०८५ रोपनी खेती गर्ने गरेको जमिन रहको छ भने वार्षिक २१६५९०० किलोग्रामअन्नबालीको उत्पादन हुने गरेको दखिन्छ । जुन प्रतिव्यक्ति प्रतिवर्ष (अप्रशोधित)अन्न२६८ किलोग्राम पर्न जाने देखिन्छ ।

नेपालमा परापूर्व कालदेखि खेतीगरिंदै आएको कोदो ४००० वर्ष इशापूर्वमा भारत हुँदै भित्रिएको अनुमान छ (कोदो खेती २०६९) । नेपालको तराई देखि उच्च पहाड सम्म कोदाको खेती गरिन्छ । तर मध्य पहाड कोदो उत्पादन हुने मूख्य क्षेत्र मानिन्छ । तर कोदामा देखिएको समस्याले यस क्षेत्रको अन्नबालीको उत्पादनमा निकै कमिल्याउने देखिएको छ ।

पोषण सुरक्षाका लागि कृषि, प्राकृतिक स्रोत, स्वच्छ खानेपानी र सरसफाईको समन्वयात्मक व्यवस्थापन (लानप्लस) परियोजना जर्मन संघीय आर्थिक सहयोग र विकास मन्त्रालय (बीएमजेड) र वेल्थहंगरहिलफे (डब्लुएचएच) को आर्थिक साझेदारीमा जैविक विविधता, अनुसन्धान तथा विकासका लागि स्थानीयपहल (ली–बर्ड)ले धादिङ जिल्लाको उत्तरी भेगमा रहेका तीन गाउँपालिकामा सञ्चालन गरिरहेको छ । यसै परियोजनाको कार्यक्रम सञ्चालन र अनुगमनका क्रममा गंगा जमुना अन्तर्गतको वडा नं. १,२ र ३ मा रहेको कोदोबालीमा देखिएका समस्या र समस्या न्यूनिकरणका बारेमा यहाँ चर्चा गरिएको छ ।

नेपालमा उत्पादनहुने अन्नबाली मध्य धान, मकै र गहुँ पछिको चौथो महत्वपूर्ण बाली कोदो हो । यस क्षेत्रमा खेती गरीने अन्नबालीहरूमा क्रमशः मकै, कोदो र धान प्रमुख बाली हुन् । यसरी हेर्दा कोदो यस क्षेत्रमा उत्पादन हुने अन्नबाली मध्य मकै पछिको कोदो दास्रो महत्वपूर्ण अन्नबालीहो । यहाँ लागाईएको कोदोमा गतवर्ष अर्थात २०७८ देखि समस्या देखिएको थियो र या समस्याले यस वर्ष झन विकराल रुप लिएको देखिएको छ । गंगाजमुना २ लताबका होमबहादुर तामाङले भन्नु भयो “गएको वर्ष चार मुरी कोदो फल्ने जमिनबाट १० देखि १२ पाथीमात्र भित्र्याइयो । यो वर्ष पनि त्यसैगरी नै बिग्रिएको छ” ।

यस्तै गंगाजमुना वडा नं. ३ चिमचोकका कृषक कोदो नफल्ने भएपछि बोट काटेर पशुलाई घाँसका रुपमा खुवाउन थालेको रामबहादुर तामाङले बताउनु भयो र आफूले पनि कोदाको बोटको घाँस खुवाएर तोरी छर्न जमिनको तयारी गर्न लागेको बारी देखाउनु भयो ।

समस्याको प्रकृति

कोदो खेतीमा देखिएका समस्यहरू 

रोगीबोटका माथिल्ला पात पहेंलिने, कालो थोप्ला देखिने र टुप्पादेखि मर्दै आउने, कोदाको बोटको बृद्धि रोकिने, पात र डाँठमा मरुवालाग्ने, बाला नै नलाग्ने र कतै कतै डाँठमा गबारो समेत लागेको पाईएको छ । यस्तै कतै कतै मरुवा र डढुवाको मिश्रित जस्तो पनि देखिएको थियो । तर यस्तो समस्या सबै जातको कोदोमा एकै नासको देखिएको छैन् । गंगाजामुनागाउँपलिका वडा नं. २ का वडा अध्यक्ष बल बहादुर तामाङको भनाई अनुसार “पहिला२० देखि २५ वर्षदेखि लगातारलगाएको विकासे भनिने कोदाको जातमा यो समस्या देखिएको छ । तर नयाँ र चार पाँचवर्ष भित्र ल्याएको मधेसे नामका जातमा यो समस्या खासै देखिएको छैन् ।

यस्तै गंगाजामुना ३ चिमचोकका कृषक रामबहादुर तामाङले कोदाको बालानलागेपछि बोट काटेर गाई भैंसिलाई खुवाउने र तोरी छर्ने तयारीमा भएको बताएका छन् । बल बहादुर तामाङ तथा रामबहादुर तामाङको अनुभवमा २०७८ र २०७९ सालमा वितेको आठदश वर्षमा भन्दा बढी पानी परेको अनुभव । यस कारणले पनि रोगकीरा फैलिन अनुकुल वातावरण भएको हो कि भन्ने अनुमान लगाउन सकिन्छ । तर नयाँ जातको कोदोमा रोगकीरा न्यून देखिनुले रोगकीराका लागि अनुकुलन वातावरण भन्दा पनि यो जातमा रोगकीरा सहन सक्ने क्षमतामा ह्रास आएको अनुमान गर्न सकिन्छ ।

यो समस्या सामाधानका लागि स्थानीय सरकारले पनि केहीपहल गरेको देखिन्छ । स्थानीय वडा तथा पालिकामा रहेका प्राविधिकले कृषको समस्या देखिएको स्थानमा अनुगमन गरे पश्चात कीटनाशक विषादि तथा फसफोरस युक्त रसायनिक मल (डी.ए.पी.)को अनुदानमा वितरण गरेको देखिन्छ । यस्तो उपचार पश्चात केही सुधार भएको होकि भन्ने कृषकहरूमा भान परेको छ । तर प्रष्ट देखिने खालको परिवर्तन नभएको कृषकको भनाइ पाईयो ।

समस्यासम्भावित  कारणहरु

बालीचक्र नअप्नाइनु, बालीको बीउनर्फेनु, बीउउपचार नगरीनु, दिनमा बादललाग्नु, सापेक्षिकआद्रता ९० प्रतिशतभन्दा बढी हुनु र बालीमा नाइट्रोजन तत्वको मात्रा बढी हुनु रोगकीराको प्रकोप बढनुको मुख्य कारण हुन् । अर्कोतिर यहाँ लागाईएको धेरै पहिले सिफारिस भएको डल्ले कोदोहो भने यसमा सुख्खा सहने क्षमता भएपनि मरुवा(द्यबिकत) रोगसंग संवेदनशील रहेकाले रोगका लागि अनुकुल वातावरण भएमा छिटै फैलने बालीशिफारिस गर्दा नै उल्लेख गरेको देखिन्छ ।

समाधानकाउपाय

-दुई वर्षे घुम्ति बालीचक्र अप्नाउनु पर्दछ ।

– रोगप्रतिरोधि कोदाका जातको खेती गर्ने, जस्तै – उच्च पहाडमा सैलुङे कोदो १, काभ्रे कोदो २, र पानी बढी पर्ने स्थानमा काभ्रे १ को खेतीगर्दा राम्रो हुन्छ।
– कोदाको बीउ फेर्नु पर्दछ, यसमा कृषक तथा सरोकारवालाको ध्यानजानु आवश्यक छ।
– व्याड(नर्सरी) राख्नु अघि ढुसीनाशक विषादि (थाईराम, सेरेशनवा क्याप्टान २ ग्रा. प्रतिकिलोग्राम)द्वारा कोदाको बीउको उपचार गर्नु पर्दछ।
– माटाको उर्वरा शक्तिकायम राख्नपर्याप्त मात्रामा गोठेमल, पिना, हाडको धुलो तथा गँड्यौलामलको प्रयोग गर्नु पर्दछ।
-थप अनुसन्धानकालागिल्याबमा परीक्षण र रोगकीरा विशेषज्ञहरूको स्थलगत भ्रमणको आवश्यकता छ ।

निष्कर्ष 

कोदाको बोटको बृद्धि रोकिने कारण फसफोरस तत्वको कमीका कारणले भएको अनुमान गरिएता पनि अन्यजातको कोदो तथा अन्यबालीमा फसफोरस कमीको लक्षण देखिएको छैन । एक अध्ययन अनुसार कोदो खेती गरिने समुन्द्री सतह देखि ३६५ मिटर, १०४० मिटर र १८५६ मिटरको उचाईबाट संकलन माटाको नमूना परीक्षणको नतिजाले उचाई बढ्दै जाँदा माटामा क्रमशःफसफोरसको मात्रा पनि बृद्धि हुँदै गएको देखिएको छ  ।

त्यसैले फसफोरसको कमीको असर हो भनि ठोकुवा गर्न सकिने अवस्था देखिदैन् । नयाँ बीउल्याएर लगाएको अन्यजातमा यस्तो रोगको प्रकोप सारै न्यून भएकाले वातावरणको असरले मात्र पनि भन्न सकिने अवस्था रहेन । यहाँ गंगाजमुना वडा नं. २ का वडा अध्यक्ष बल बहादुर तामाङको भनाई ‘कोदाको जात पुरानो भयो २० देखि २५ वर्षको भयो नयाँ जातको राम्रो छ’ सान्दर्भिक देखिन्छ । त्यसैले नयाँ रोग सहन सक्ने खालको बीउल्यएर लगाउनु र बालीचक्रअप्नाउनु उत्तमउपाय हुन सक्दछ । यस बाहेक सरोकारवालाले सम्बन्धित विषयका विशेषज्ञको सल्लाह सुझाव अनुसार खेती गर्नु उपयुक्त हुन्छ ।

 

 

प्रतिक्रिया दिनुहोस्