बारा ४ मा कांग्रेसका इच्छाबहादुर वाग्ले स्वतन्त्र उम्मेदवार



काठमाठडौं,२३ असोज । बारा क्षेत्र नम्बर ४ बाट नेपाली कांग्रेसका नेता समाजसेवी इच्छाबहादुर वाग्लेले प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिनभएको छ । नेपाली कांग्रेसले गठबन्धनको भागबण्डा गर्दा बारा ४ मा नेकपा एकीकृत समाजवादीलाई टिकट दिएपछि वाग्लेले स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएको हो । कांग्रेसको बलियो संगठन भएको उक्त क्षेत्रमा मत नै नभएका पार्टीलाई खोजेर ल्याएको भन्दै गठबन्धनभित्र असन्तुष्टि देखिएको बारका कांग्रेस नेताहरुले बताएका छन् ।

गठबन्धनको तर्फबाट बारामा नेकपा एकीकृत समाजवादीका किसान श्रेष्ठले आधिकारीक उम्मेदवारी दिनभएको छ। ओखलढुंगा हुँदादेखि नै नेपाली कांग्रेसको राजनीतिमा सक्रिय वाग्ले लामो समयदेखि बारामा बस्दै आउनभएको छ। उहाँले बाराबाट टिकट पाउँदा नेपाली कांग्रेसले सहज जित निकाल्ने अवस्था भएपनि पार्टीले गठबन्धनका नाममा जनमत नै नभएका व्यक्तिलाई उभ्याएपछि आफुले स्वतन्त्र उम्मेदवारी दिन बाध्य भएको इच्छाबहादुर वाग्लेको भनाइ छ ।

समाजसेवामा समेत क्रियाशिल वाग्लेले स्वतन्त्र उम्मेदवारी दिएपछि मनोनयन दर्ता गर्ने क्रममा गठबन्धनका उम्मेदवार नेकपा एसका नेता किसान श्रेष्ठका पक्षमा माहोल घटेको कांग्रेस नेता राजन दाहालले जानकारी दिनभयो । गठबन्धनका कारण तराइमा राम्रो संगठन भएको नेपाली कांग्रेस विस्तारै खस्कदै गएको स्थानीयले बताएका छन् । त्यस्तै प्रतिनिधि सभामा नेपाली कांग्रेसलाई छाडेर अर्को दलको उम्मेदवार आएको भन्दै बारा ४ ९क० प्रदेशसभाका लागि समाजसेवी एवं नेपाली कांग्रेसमा तीस वर्ष काम गरेकी निरु रायमाझी पनि स्वतन्त्र उम्मेदवारी उठ्नभएको छ ।

कांग्रेसको नेतृत्वले पार्टीको अवस्था विचार नगरी जनमत नै नभएका दलहरुलाई क्षेत्र जिम्मा लगाएर पठाएको भन्दै त्यसको विरुद्धमा उम्मेदवारी दिएको रायमाझीको भनाइ छ ।यस क्षेत्रमा नेपाली कांग्रेसका २१ ह्जार भन्दा बढी भोट भएपनि ३ हहार मत भएका किसान श्रेष्ठलाई टिकट दिएर पठाउँदा चुनाव जित्न सत्ता गठबन्धनका नेताहरुलाई सहज नभएको स्थानीय नेताह्रले बताएका छन् । स्वतन्त्र उम्मेदवारी दिएका नेताहरु वाग्ले र रायमाझीका पक्षमा जनमत बढ्दै गएको उनीहरुको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्