माओवादीबाट कर्णालीमा यी नेताले टिकट पाए



काठमाडौं । नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेशबाट प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेदवारको नाम टुंगो लगाएको छ ।
जसअन्र्तगत प्रतिनिधिसभातर्फ रुकुम पश्चिममा जनार्दन शर्मा, जाजरकोटमा शक्तिबहादुर बस्नेत, कालिकोटमा महेन्द्रबहादुर शाही, जुम्लामा गोमा कुँवर र हुम्लामा छिरिङ डम्डोल लामा (कार्चेन) लाई उम्मेदवार भएको छ ।

त्यस्तै प्रदेशसभा क्रमशः क र ख रुकुम पश्चिम महेन्द्र केसी र राजकुमार शर्मा, सुर्खेत–१ कृष्णबहादुर जिसी बिन्दमान विष्ट, दैलेख–२, (ख) उपेन्द्रकुमार रावत, ‘कालिकोटको (क) दुर्गा रावत, डोल्पा (ख) वीरबहादुर शाही, हुम्ला (क) रणसिंह परियार, सल्यान (क) भीमप्रकाश शर्मा र मुगु (ख) मंगल शाही उम्मेद्वार बन्ने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्