पार्टी छोड्ने हतारो, एकाबिहानै लोसपा छोडेर एमालेमा प्रवेश



काठमाडौं । शनिबार एकाबिहानै नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेर लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका निवर्तमान सांसद एकबाल मिया नेकपा एमालेमा प्रवेश गरेका छन् ।

विहान साढे ५ बजेतिर मिया एमाले प्रवेश गर्न बालकोटस्थित ओली निवास पुगेका थिए । उनलाई एमाले अध्यक्ष ओली र महासचिव शंकर पोखरलले पार्टीमा स्वागत गरेको जनाइएको छ । एमालेले उनलाई बारा क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाउने तयारी गरेको स्रोतको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्