कांग्रेस असन्तुष्ट समूहको छुट्टै भेला जारी, शीर्ष नेता अनुपस्थित



काठमाडौं । सिट बाँडफाँटमा असन्तुष्ट रहेको नेपाली कांग्रेस संस्थापनइतर शेखर कोइराला समूहको भेला सुरु भएको छ ।

प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको संस्थापन समूहले कोइराला समूहसँग गरिरहेको विभेदका बारेमा छलफल हुने नेताहरुले बताएका छन् ।

आगामी ४ मंसिरका लागि हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि कांग्रेस संस्थापन समूहले एकलौटी गरेको भन्दै त्यसको विरोधमा कोइराला समूहले केन्द्रीय कार्यालय सानेपा घेर्ने देखि अलग भेलाहरु गर्दै आएका छन् ।

तर, पूर्वनिर्धारित समयमा सुरु भएको भेलामा अझैसम्म कोइराला समूहका शीर्ष नेताहरु भने आईपुगेका छैनन् । दोस्रो तहका नेताहरुले बैठक सञ्चालन गरिरहेका छन् ।

समानुपातिक बन्द सूचीमा एकलौटी गरेको भन्दै विरोध गरेपछि संस्थापन समूहले नामावली सच्याउने काम गरिएको थियो । संस्थापन समूहका अनुसार कोइराला समुहका ३० प्रतिशतभन्दा बढीलाई समानुपातिक सूचीमा समावेश गरेको दाबी गर्दैै आएका छन् ।

तर, कोइराला पक्षले भने समानुपातिकमा मनोमानी गर्ने समूहले प्रत्यक्षतर्फ सिटमा पनि एकलौटी गर्न सक्ने भन्दै निरन्तर खबरदारी कार्यक्रम गरिरहने जनाउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्