जसपा र एकीकृत समाजवादीको सहमति बिना सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी



काठमाडौं । नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीको सहमति बिनै सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक बालुवाटारमा जारी रहेको छ ।

आगमी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारी सिट बाँडफाँट टुंग्याउन अन्तिम प्रयासका लागि बैठक जारी रहेको नेताहरुले बताएका छन ।

औपचारिक रुपमा नै जसपाले सत्तारुढ गठबन्धनभन्दा बाहिरका अन्य दलसँग तालमेलको विकल्प खुल्ला गरेर निर्वाचनमा भाग लिने निर्णय गरिसकेको छ भने एकीकृत समाजवादीले पनि नेकपा (एमाले)ले जीत हाँसिल गरेका निर्वाचन क्षेत्रभन्दा कम सिट दिएको भन्दै असन्तुष्टी जनाउँदै आएको छ । यहीँ असन्तुष्टीका बीचबाटै भए पनि सत्तारुढ गठबन्धनको बैठक बालुवाटारमा जारी छ ।

प्रतिक्रिया दिनुहोस्