डेंगी नियन्त्रण अभियानमा टोखाका रत्न महर्जन



काठमाडौं,१८ असोज । कोरोनाले ३ वर्ष थला पारेको मुलुकमा पूनः डेंगीको प्रकोप सुरु भएको छ । डेंगीका कारण  हजारौं नागरिकहरु मिरामी छन भने सयौंको संख्यामा मृत्यु भैसकेको छ । यसको नियन्त्रण तथा रोकथामका लागि सरकारी संयन्त्रले काम गरिरहेको बताएपनि परिणाम निस्कनेगरी डेंगी नियन्त्रण र रोकथाम भएको छैन् ।

नेपालीहरुको महान पर्व वडा दसैंको रौनक एकतातिर छ भने अर्कोतिर डेंगीप्रकोपको पिडापनि सँगसँगै छ । काठमाडौं टोखा नगरका रत्न महर्जनले वडा दसैंको रौनकलाई भन्दा डेंगीप्रकोपको विडालाई बढी प्राथमिक्ता दिएर लामखुट्टे मार्ने अभियानमा लाग्नुभएको छ । नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर पाँचका सदस्य तथा नेपाल तरुणदलका क्षेत्रीय सचिव समेत रहनुभएका महर्जनले धापासी, टोखा, महाराजगञ्ज, हाँडीगाउ लगायतका क्षेत्रहरुमा किटनासक औषधी छर्कदै हिडेको बतउनुभयो ।

उहाँले भन्नुभयो, ‘प्रत्येक घरमा एक जान दुइजनामा डेंगी देखापरेपछि समुदायमै रोगको संक्रमण बढ्दै गएको छ । यसको नियन्त्रण्का लागि विगत १० दिन देखि लामखुट्टे मार्ने अभियानमा हिडेको छु ।दुईदिन दसैं मनाएर पुनः दसैं लगत्तैदेखि अभियानलाई निरन्तरता दिन्छु ।’ प्रकोपको रुपमा देखा परेको डेंगी नियन्त्रणका लागि हिड्नुभएका महर्जनले नवमी र दशमी दुइदिन दशैं मनाएर टिकाका भोली पल्टदेखि निरन्तर अभियानमा लाग्ने योजना रहेको  बताउनुभयो ।

दसैंपछि सार्वजनिक स्थल, पार्क स्वास्थ्यचौकी, विद्यालय लगायतका निकायहरुमा स्प्रे छर्केर डेंगीबाट रोकथाममा सहयोग पुर्याउने उहाँको योजना छ ।  यो अभियानका लागि नेपाली कांग्रेस क्षेत्रीय सभापति श्याम बहादु्र खड्काले अभियानलाई हौसला दिएर अघि बढ्न प्ररित गरेको जानकारी दिनुभयो । अधिकांश नेपालीलाई विजया दशमीको रौनकले छोपेको र आफन्त तथा साथीभाईसंग खाने , खेल्ने र रमाइलो गर्ने क्रम सुरु भइरहदा महर्जन भने डेंगी नियन्त्रणमा सकेको सहयोग गर्ने भनेर लाग्नुभएको हो ।

यसपालिको दशैं नै माया मारेर मर्हजन दिनरात लामखुट्टे मार्न हिडिरहनुभएको छ । लामखुट्टे  नियन्त्रणकबा लागि उहाँले ‘केमिकल ’ र ‘गन’ बोकेर हाडी गाँउ धापासी, टोखा, महाराजगञ्ज लगायत प्रकोप बृद्धिभएका ठाउँहरुमा पुगेर औषधि छर्केर हिडिरहनुभएकोे स्थानीयहरु बताउँछन् । उहा भन्नुहुन्छ, “डेंगीले मानिसहरु धमाधम विरामी परेको र कतिपयको मृत्यु समेत भएको टुलुटुलु हेरेर बस्नु भन्दा आफुले सकेको गर्नु पर्छ भनेर लामुखुट्टे मार्न निस्किएको छु ।”

घर परिवार र साथीभाइले यस्तो केमिकल बोकेर हिड्दा स्वास्थ्य माथी खतरा हुन सक्छ भनेर गाली पनि उहाँले स्वास्थ्य सर्तकता अपनाएर लामखुट्टे मार्ने कामलाई निरन्तरता दिँदै आएको बताउनुभयो । यो बसै गर्नका लागि महर्जनले आफ्नो व्यत्तिगत खर्चमा अभियान चलाउँदै आएको जानकारी दिनुभयो । उहाँको प्रसंसनिय काम प्रति सबैले साथ दिए संभावित संक्रमणको जोखिम घट्ने र मानीसले अकालमै मृत्युवरण गर्नुपर्ने बाध्याता टार्न धेरथोर सहयोग पुग्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्