एकल उम्मेदवारी दर्ता प्रयासमा दिपक मनाड्गे



मनाड्ग,१७ असोज । २०७४ को निर्वाचन अघि सम्म चर्चीत गुण्डा नाइके दिपक मनाड्गे ०७४ मा प्रदेश सांसद हुँदै खेलकुद मन्त्री समेत हुनुभयो । स्वतन्त्र उम्मेदवारी दिएपछि एमालेको सहयोगमा सांसद जितेका मनाड्गेले यस पटक पनि स्वतन्त्र उम्मेदवारी दिएर अरुलाई मनोनयनमै रोक लगाउने प्रयासमा हुनुहुन्छ ।

दुइ ठूला दलका नेताहरुसँग प्रभाव भएकाले तीनै दुई पार्टीका नेतालाई भुलभुलैयाुमा पार्न खोजीरहेका मनाड्गेले दुबै पार्टीका नेतासँग फरक फरक भएको वार्तामा आफू कुनै पक्षसँग चुनावी प्रचारका क्रममा खुला समर्थनमा नहिँड्ने बताउनुभएको छ ।स्वतन्त्र उमेदवारको हैसियतमा रहँदा भविष्यमा कुनै पनि दलको ह्वीप नलाग्ने र आचारसंहिता पनि पालना गर्नु नपर्ने बुझेका दिपक मनाड्गे यस पटक पनि स्वतन्त्र उमेदवारकै हैसियतमा चुनाव जित्न मात्र होइन, सकेसम्म निर्विरोध हुने चाहानाका साथ उहाँ आवश्यक कसरत गरिरहनुभएको छ ।

काँग्रेसबाट दिपक मनाड्गेलाई स्वतन्त्र उमेदवारका रुपमा सघाउने निर्णय भएपछि जिल्लाका केही काँग्रेसी युवाहरु असन्तुष्ट बनेका छन् । पार्टीभित्र छलफल नगरी एकतर्फी निर्णय गरेको भन्दै पार्टीको टिकट नपाए पनि स्वतन्त्ररुपमा आफ्नो समूहले उमेदवारी दिने टुंगोमा काँग्रेस निकट युवाहरु समुह पुगेको छ ।

काँग्रेसले आफूलाई समर्थन जनाइसकेपछि एमालेले कोही उमेदवार अघि सारीहालेको खण्डमा त्यसलाई धम्क्याएरै भए पनि उमेदवारी दर्ता गर्न बाट रोक्नका लागि मनाड्गेले एसम्यान परिचालन गरिसकेको बताइन्छ । स्रोतका अनुसार अहिले जिल्लामा दिपकका गुण्डा सल्याड्गबल्याड्ग गरिरहेका छन्, पोखराबाटै पनि एमालेका स्थानीय नेतालाई फोन गरेर धम्की दिइरहेको भन्ने सुनिएको छ ।

त्यसो त, आफ्नो नोमिनेशनमा मनाड्गेले जिल्लाका कसैलाई पनि अघि नसारेर बाहिरबाटै सहयोगीका रुपमा गुण्डा परिचालन गर्ने सोच बनाएका छन्, त्यसका लागि तयारी पुरा भइसकेको दिपक निकट सहयोगीको भनाइँ छ ।

प्रतिक्रिया दिनुहोस्