परिवर्तनको रक्षा र संविधान जोगाउने एजेण्डा लिएर चुनावमा जान्छौं – रामचन्द्र पौडेल



काठमाडौं,१७ असोज । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले परिवर्तनको रक्षा गर्ने र संविधान जोगाउने एजेण्डा लिएर आगामी चुनावका जाने बताउनुभएको छ । विजया दशमीका अवसरमा भिडियो सन्देश जारी गर्दै वरिष्ठ नेता पौडेलले संविधानको रक्षा गर्दै विकास र उन्नतीको अठोट लिएर चुनावी मैदानमा होमिने बताउनुभएको हो ।

पौडेलले देशमा संक्रमणकालिन अवस्थामा अझै कायम रहेको भन्दै व्यवस्था माथि अझै संकट अहिले पनि कायम रहेको बताउनुभएको छ। भिडियो सन्देशमा उहाँले भन्नुभएको छ, ‘व्यवस्थामाथि संकटको बादल मडारिरहेको अनुभूती भइरहेको छ । पहिलो एजेण्डा अझै पनि व्यवस्था जोगाउने र संविधान जोगाउने नै हो ।’

नेपाललाई सुशासन दिएर नेपालको उन्नती प्रदान गर्नुको साटो देशलाई उल्टो बाटोमा लैजाने प्रवृतिले षड्यन्त्र कायम रहेको आफुलाई अनुभूती भइरहेको उहाँको भनाइ छ। देशलाई उल्टो बाटोमा लैजाने प्रवृतिलाई निरुत्साहीत गर्न जरुरी रहेको उल्लेख गर्दै पौडेलले मुलुकलाई स्पष्ट दिशा र लक्ष्य अगाडि राखेर सत्तामा रहेका पाँच दलका बीचमा गठबन्धन भएको बताउनुभयो ।

‘मुलुकको हितको लागि र समाजिक न्यायको लागि हामी डटिरहेका छौ । मुलुकलाई उन्नतीको मार्गका लैजानका लागि हामीले गठबन्धन गरेका हौ ।’ उहाँले भन्नुभएको छ । नेपालको उन्नतीको बाटोलाई अगाडि बढाउदै मुलुकलाई पश्चगामी बाटोमा लैजान टाउको उठाउदै गर्ने प्रवृतिहरुलाई निरुत्साहीत पार्न नेतृत्वको कार्यक्षमता, सुशासन दिने नैतिक क्षामता र नैतिक शक्तिको आवश्यकता हुने उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्