ज्येष्ठ नागरिकलाई लक्षित गरी च्यासलमा शिविर



ललितपुर ।

अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा यल हेल्थ केयरले ललितपुरको च्यासलमा शनिबार नि:शुल्क स्वास्थ्य शिविरको आयोजना गर्यो ।
च्यासल महिला समूह, नेपाल फिजियोथेरापी एण्ड रिह्याबिटेसन सेन्टर र लायन्स क्लब अफ काठमाडौं हिमनदी–१४२१४७ को सहआयोजना सो कार्यक्रम आयोजना गरिएको हो ।

सो शिविर चिकित्सकहरु सुविन व्यञ्जनकार, समिरा व्यञ्जनकार र विक्रम व्यञ्जनकारले ५० जना भन्दा ज्येष्ठ नागरिकको स्वास्थ्य जाँच गर्नुभएको थियो । ६० वर्ष नाघेका व्यक्तिहरुको मात्र स्वास्थ्य जाँच गरिएको थियो। निशुल्क पिसाब परीक्षण गरिएको थियो भने जाँचपछि सहुलियत मूल्यमा औषधी उपलब्ध गराइएको हेल्थ केयरले जनाएको छ ।

जाँचका क्रममा अधिकाशंमा मधुमेह, रक्तचापसंगै हाडजोर्नी र नशाका समस्यामा भएको पाइएको डा. सुविन व्यञ्जनकारले जानकारी दिनुभयो । जाँचपछि फिजियोथेरापी गराइएको थियो । ‘हाडजोर्नी र नशाका समस्याका भएका व्यक्तिहरुले लगातार सेवन गर्दै आएको औषधी, उनीहरुको स्वास्थ्य स्थितिको विवरण राखेको छु । यसलाई नै हेरेर अर्को शिविर सञ्चालन गर्ने छौं ।’ उहाँले भन्नुभयो ।

समुदायका चिकित्सकहरु संलग्न रही हालै च्यासलमा स्थापित यस केयरले स्वास्थ्यमा सहज पहुँच पु¥याउने विभिन्न कार्यक्रम सञ्चालन गर्ने पनि लक्ष्य राखेको बुझिएको छ ।सो शिविरमा नाक, कान, घाँटी, स्त्री रोगको विषयमा परामर्श पनि दिइएको थियो ।

प्रतिक्रिया दिनुहोस्