पर्वतको आर्थर काउलेमा वडास्तरीय भलिबल प्रतियोगिता



पर्वत।

पर्वतको कुस्मा नगरपालिका वडा नं १४ आर्थर काउलेमा वडास्तरीय भलिबल प्रतियोगिता शुरु भएको छ ।

स्थानीय नव प्रगतिशिल युबा क्लबको आयोजनामा भैरहेको दोस्रो काउले मेलाको अवसरमा स्वर्गिय ओमबहादुर गुरुङ स्मति वडास्तरीय भलिबल प्रतियोगिता शुरु भएको हो ।

प्रतियोगिताको समाजसेवी तथा कादुरी संस्थाका राष्ट्रिय प्राबिधिक निर्देशक डा.नारायण गुरुङले उद्घाटन गर्नुभयो ।

चार दिन सम्म चल्ने प्रतियोगितामा पर्वतको कुस्मा र फलेबास नगरपालिका, मोदी, महाशिला गाउँपालिका तथा स्याङ्गजाको आँधीखोला गाउँपालिकाका गरी १५ टिम भन्दा बढीको सहभागिता रहेको क्लबका अध्यक्ष मनोज गुरुङ्गले जानकारी दिनुभयो ।

प्रतियोगितामा प्रथम हुने टिमलाई ५० हजार, द्घितिय हुने टिमलाई ३० हजार र तृतिय हुने टिमलाई १५ पुरस्कार दिइने छ ।

क्लबले यसअघि पहिलो काउले मेलामा पनि वडास्तरीय भलिबल प्रतियोगिता सञ्चालन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्