रात्रिबसमा हतियारसहित प्रहरी



हेटौंडा।

चाडपर्वलक्षित विशेष सुरक्षा योजना अन्तर्गत जिल्ला प्रहरी कार्यालय मकवानपुर र जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरको संयुक्त प्रहरी टोलीले हेटौंडा–१० स्थित बसपार्कबाट पूर्वपश्चिम रुटमा चल्ने यात्रुबाहक बस चेक गर्नुका साथै सुरक्षाका लागि हतियारसहित प्रहरी परिचालन गरेको छ ।

राति हुनसक्ने लुटपाट तथा डकैतीलाई मध्यनजर गरी रात्रि बसहरुमा चुरियामाईदेखि मनहरीको लोथरसम्म हतियारसहित प्रहरी टोलीले गस्ती गर्ने गरेको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरले हतियारसहितका प्रहरी राखेर बारा र मकवानपुरको सिमाना हेटौंडाको चुरियामाईदेखि मकवानपुर र चितवनको सिमाना मनहरीको लोथरसम्म हतियारसहित प्रहरी गस्ती सुरु गरेको हो ।

चाडपर्वको समयमा आमनागरिकको रात्रिकालिन यात्रा सुरक्षित होस् भन्ने उद्धेश्यले हतियारसहित गस्ती सुरु गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक बामदेव गौतमले बताउनुभयो ।

चाडपर्वलक्षित विशेष सुरक्षा योजनाअन्तर्गत् जिल्ला प्रहरी कार्यालय मकवानपुर र जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरको संयुक्त प्रहरी टोलीले गस्ती सुरु गरेको हो ।

हेटौंडाको बसपार्कबाट पूर्वपश्चिम रुटमा चल्ने यात्रुबाहक बस चेक गर्नुका साथै लुटपाट तथा डकैतीलाई मध्यनजर गरी हतियारसहित प्रहरी टोलीले गस्ती गर्ने गरेको उहाँले बताउनुभयो ।

राजमार्गमा पर्ने जंगलमा यात्रुहरुलाई लुटपाट गर्ने समस्या नहोस् भनेर प्रहरीले उक्त कार्य सुरु गरेको हो । विशेषगरि चाडपर्वमा काठमाडौंबाट गन्तव्यतर्फ जान लागेका यात्रुको सुरक्षालाई मध्यनजर गरेर उक्त काम सुरु गरिएको हो ।

प्रदेशभर टाइमकार्ड

चाडपर्व नजिकिएसँगै सडकमा सवारीसाधनको अधिक चाप बढ्ने, तीव्रगतिमा सवारी चलाउने तथा सवारी नियम उलंघन बढ्न गइ हुनसक्ने सवारी दुर्घटना न्यूनीकरण गर्न तथा सवारीको गति नियन्त्रण गर्न वागमती प्रदेशअन्तर्गत् प्रमुख राजमार्गमा टाइमकार्ड लागु गरिएको छ ।

सिन्धुली जिल्ला हुँदै जाने वीपी राजमार्गस्थित भिमानदेखि नेपालथोक दुम्जासम्म पहिलेदेखि नै टाइमकार्ड लागु भएकोमा चाडपर्वलाई लक्षित गरी मकवानपुर, चितवन, धादिङ र काभ्रेका प्रमुख राजमार्गमा सम्बन्धित जिल्ला सुरक्षा समितिको निर्णय गरी कार्ड लागु भएको हो ।

थप टाइमकार्ड लागु भएका राजमार्गमा मुग्लिङ–नारायणगढ खण्ड, पूर्वपश्चिम राजमार्गको चुरियामाई हेटौंडादेखि चितवनसम्म, पृथ्वी राजमार्गको खानीखोला धादिङदेखि मझिमटारसम्म, अरनिको राजमार्गको धुलिखेल दोलालघाटसम्म र वीपी राजमार्गको मंगलटारदेखि काभ्रेभञ्ज्याङसम्म थप गरिएको हो । टाइमकार्ड लागु गरिएका राजमार्गमा निश्चित दुरी र समय मिलाइ सवारी आवागमनको व्यवस्था मिलाइएको छ ।

चाडपर्वलक्षित विशेष सुरक्षा योजनाअन्तर्गत् जिल्ला प्रहरी कार्यालय मकवानपुर र जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले सवारीमा टाइमकार्ड लागु गरेको छ । हेटौंडा–१५ स्थित चुरियामाई पिपलचौतारा र मकवानपुरको मनहरी गापा वडा–७, मनहरीबाट पूर्वपश्चिम राजमार्ग रुटमा चल्ने यात्रुबाहक बस चेक गर्नुको साथै तीव्रगतिमा सवारी चलाउँदा हुनसक्ने सम्भावित दुर्घटना न्यूनीकरण गर्न सवारीसाधनलाई टाइमकार्ड लागु गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुर र जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरको संयुक्त प्रहरी टोलीले लागुपदार्थ सेवन गरेर सवारी चलाउने चालकहरुलाई नियन्त्रणमा लिएको छ । शुक्रबार हेटौंडा–१, तिर्तिरे धारास्थित सडकखण्डमा हेटौंडा–भीमफेदी–काठमाडौं रुटमा चल्ने साना तथा ठूला सवारीसाधनलाई रोकी चालकलाई लागुपदार्थ सेवन गरे/नगरेको सम्बन्धमा चेक गर्ने क्रममा ३ चालकलाई लापसे पोजेटिभ देखिएकाले उनीहरुलाई नियन्त्रणमा लिइएको हो ।

 

प्रतिक्रिया दिनुहोस्