लिंक इन्टरनेशनल मेनपावरका सञ्चालक काफ्ले सम्पर्क विहीन

पीडितको दसैँ , दशा बन्दै



काठमाडौँ।

वैदेशिक रोजगारीका नाममा कसैलाई खाडी मुलुक त कसैलाई यूरोपको पोर्चुगल पठाउने भन्दै सयौं जनासँग राजधानीको एक मेनपावर कम्पनीले करोडौं रुपैया असुल गरेको छ ।

लामो समयदेखि वैदेशिक रोजगारीका नाममा रकम असुल्नुका साथै राहदानी समेत लिएर पनि आलटाल गर्दै आएपछि पीडितहरु दशैं पर्वका बेलामा मेनपावर घेर्न बाध्य भएका हुन् । पीडितले मेनपावर कम्पनी घेर्न थालेपछि बसुन्धारास्थित लिंक इन्टरनेशनल पेलेसमेन्ट कम्पनीका सञ्चालक कमल काफ्ले सम्पर्क बाहिर छन् । एक साता अघिसम्म कार्यालयमै रहेका उनको मोवाइल स्वीच अफ छ भने मेनपावरका कर्मचारीले ‘कम्पनीमा केही समस्या निम्तिएकाले त्यसको सामाधानका लागि दुवई गएको’ बताउन थालेका छन् ।

लामो समयदेखि रकम र राहदानी लिएर पनि खाडीका साउदी अरव, यूनाइटेड अरव इमीरेट्स्, बहराइन, कतारलगायत देशमा निकै कामदार पठाउँदै आएको लिंक इन्टरनेशनल मेनपावर कम्पनीले अहिले दुवईको कुनै कम्पनीमा कामदार र रोजगारदाताबीच समन्वय हुन नसक्दा समस्या निम्तिएको र सोही समस्या सामाधानका लागि त्यतातर्फ गएको भनिए पनि थुप्रै व्यक्तिसँग युरोपको पोर्चुगल पठाउने भन्दै लिएको रकम फिर्ता गर्न दबाब परेपछि त्यही रकमको जोहो गर्न उनी सम्पर्क विहीन भएको हुन सक्ने आशंका गरिएको छ ।

सरकारले वैदेशिक रोजगारीमा जान निशुल्क या त न्यूनतम शुल्कको निर्णय गरेता पनि त्यसको अवज्ञा गर्दै लिंक इन्टरनेशनलका सञ्चालक कमल काफ्लेले जनही २ लाख पचास हजारदेखि ३ लाखसम्म असुल्दै आएका थिए । लामो समयदेखि उड्न नपाएका पिडीतहरु र पोर्चुगल जान दुई वर्षदेखि रकम बुझाएर बसेकाहरुले ‘या त आफ्नो उडानको टुंगो लगाइदिन, अन्यथा रकम र राहदानी फिर्ता गर्न’ भन्दै मेनपावर घेर्न थालेपछि दशंैको मुखमा मेनपावर सञ्चालक काफ्ले मोवाइलको स्वीच नै अफ गरेर सम्पर्कविहीन बन्नु परेको हो । तर, मेनपावरका कर्मचारी भने उनी साउदी र दुवईको आकस्मीक भ्रमणमा गएको बताउँछन् ।

यसअघि दुवई र साउदी अरवका केही कम्पनीमा कामदार र रोजगारदाता कम्पनीबीच सेवा सुविधाका विषयलाई लिएर लफडा हुँदा थुप्रै कामदार जवरजस्त फिर्ता गरिएका थिए । त्यसरी फिर्ता आउने कसैले पनि क्षतीपूर्ती नपाएको पिडीतको गुनासो छ । उनीहरुका अनुसार फर्केलगत्तै हुन्छ, म मिलाउँछु, तपाईंहरुको चित्त बुझाउँछु भन्दै आएका मेनपावर सञ्चालक काफ्ले पछिल्ला दिनमा आफूहरुलाई भेट समेत दिन छाडेको गुनासो गर्न थालेका छन् ।

लिंक इन्टरनेशनलका सञ्चालक काफ्ले नेपाली काँग्रेस निकट वैदेशिक रोजगार व्यवसायी महासंघका पदाधिकारी समेत हुन् । सोही कारण उनले विभागलाई पनि आफ्नै प्रभावमा पार्न सकेका छन् भने गृहजिल्लाकै श्रम सचिव एकनारायण अर्यालसँग त उनको राम्रै उठबस भएको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्