नालापानीको ट्रेलरमा साहसका झलक



ऐतिहासिक कालापानी युद्धमाथि बनेको फिल्म नालापानीको बिहीबार राजधानीमा आयोजित एक समारोहबीच ट्रेलर सार्वजनिक गरिएको छ।
ट्रेलरमा सन् १८१४ मा देहरादुनस्थित नालापानी गढीमा भएको अंगे्रज+नेपाल युद्धमा नेपाली फौजका तर्फबाट कप्तानी गरेका वीर बलभद्र कुँवर लडेको ऐतिहासिक र साहसिक लडाईं देखाइएको छ। दुई मिनेट ४१ सेकेन्डको ट्रेलरले फिल्मप्रतिको आकर्षण बढाउन सफल छ।ट्रेलरलाई ब्याकग्राउन्ड स्कोरले थप बलियो बनाएको छ भने अंग्रेजससँगको लडाईंको क्रममा देखाइएका दृश्य वास्तविक लाग्छन्।

फिल्मका निर्देशक रिमेश अधिकारीले नौ वर्ष लगाई लामो समय अध्ययन र अनुसन्धान गरेर फिल्म निर्माण गरेको बताए। फिल्मले नेपाली विरताको गाथा बोकेकाले एकल रिलिजको अवसर मिलाइदिन पनि उनले फिल्म सम्बद्ध संघ+संस्था तथा राज्यसँग अपिल गरे। उनले नालापानी एक युगमा एकपटक मात्र निर्माण हुने भएकाले दर्शकलाई एकपटक हेरिदिन पनि आग्रह गरे।

नेपाल चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्काले ट्रेलर हेर्दा आप्mनो रगत उम्लिएको तथा ट्रेलरका दृश्यहरु हेर्दा आफू पनि त्यो युद्धमा सिपाहीको रुपमा लडाईं लडिरहेको महसुस भएको जनाए। नेपाल चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले नालापानीले चलचित्र विकास बोर्डबाट विशेष सम्मान पाएकाले एकल रिलिजको अवसर प्रदान गर्नु सबैको दायित्व रहेको बताए।

चलचित्र विकास बोर्डले दुई वर्षअघि नै विशेष फिल्म घोषणा गरेको नालापानीको रिसर्च तथा लेखन रिमेश अधिकारी र कृष्ण आचार्यले गरेका छन्। प्राडा धनराज कुँवर र रामराजा कुँवरद्वारा लिखित नालापानीका नायक वीर बलभद्र पुस्तकमा आधारित रहेर इतिहासविदहरु प्राडा कुँवरका साथमा, प्राडा त्रिरत्न मानन्धर, प्रा. दिनेशराज पन्त, प्राडा. सुरेन्द्र केसी, पूर्वसहायक रथि डा. प्रेम सिंह बस्न्यातहरुसँग पटक-पटक छलफल गरी नेपाली सेनाले प्रकाशित गरेको पुस्तक सैनिक इतिहासलगायतका पुस्तकमा आधारित रहेर नालापानी तयार पारिएको निर्देशक अधिकारीले जानकारी गराए।

रिमेश अधिकारी फिल्म प्रोडक्सन, वीर गोर्खाली फिल्म्स्, गंगा नारायण फिल्म प्रोडक्सन र बिजीबी इन्टरटेन्मेन्टको ब्यानरमा मनोज शाक्य र रिमेश अधिकारीद्वारा निर्मित फिल्ममा देशभक्त खनाल, अर्जुनजंग शाही, सन्तोष पन्त, मनोज शाक्य, विशाल पहारी, विजय विष्फोट, पूजना प्रधान, गीता अधिकारी, महावीर विश्वकर्मा, इशान बिजु श्रेष्ठ, हिक्मत थपलिया, सरिता राजोपाध्याय, लक्ष्मी नाथ, गायत्री घिमिरे, जनक बर्तौला, विशाल श्रेष्ठ, शहिना भद्मराई, गीत विष्ट, युगजंग कार्की, सिमन खड्का, सुशील खडका (डेभिड), बाल कलाकार तेजस्वी गुरुध्र, हार्दिक थपलिया, प्रनिश शाक्य, निर्माण थपलियाका साथै विदेशी कलाकारहरु एन्डझोइन डंकन, रेचल मोलेस, पल विकिन्सन र सामलगायतले अभिनय गरेका छन् भने संगीत डिजे एलेक्स र सुजिल कर्माचार्य, नृत्य कविराज गहतराज, द्वन्द्व रोशन श्रेष्ठ, भीएफएक्स अच्युत गजुरेल, छायांकन रामशरण उप्रेती र सम्पादन बिपिन मल्लको रहेको छ। फिल्ममा सपन कुमार थापा एसोसियट निर्माता, गणेश कार्की सह-निर्माता र घनेन्द्र थपलिया कार्यकारी निर्माता रहेका छन्।

प्रतिक्रिया दिनुहोस्